०७ साउन २०८३, बिहीबार

१० वर्षपछि दशरथ रंगशालामा कन्सर्ट [फाेटाेसहित]

१० वर्षपछि दशरथ रंगशालामा कन्सर्ट [फाेटाेसहित]

दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट भएको छ । शनिवार दशैंको अवसर पारेर  रंगशालामा सांगीतिक कन्सर्ट भएको हो ।

कन्सर्टमा दि एज ब्याण्ड, नितेशजङ कुँवर, वर्तिका एम राई, आशिष राना, स्वप्न सुमन, भेक, यावेश, त्रिशला गुरुङ, सुवानी मोक्तान, दि एलिमेन्ट्स ब्याण्डलगायतका कलाकारहरूले प्रस्तुति दिएका छन् । 

कन्सर्ट पार्टी नेपाल, आर्बिट्ररी ग्रुप, केटिएम लाइभ तथा अपट्रेण्डली मिडियाको संयुक्त आयोजनामा भएको हो । आयोजकले कन्सर्टमा २० हजार भन्दा बढी दर्शक उपस्थित हुने अपेक्षा राखेको थियो । सांगीतिक कार्यक्रमले युवा वर्गमा दशैंको प्रवद्र्धन गर्दै एकताको सन्देश दिने, वर्षौंदेखि थलिएको इभेन्ट म्यानेजमेण्ट व्यवसायको हौसला बढाउने र नेपाली कला तथा संस्कृतिलाई युवापुस्तासँग जोड्न सघाउने लक्ष्य राखिएको छ । 

महोत्सवको टिकटक प्रतिष्पर्धासमेत राखिएको र यसमा उत्कृष्ट १० जनाले पोखरा रिसोर्ट प्याकेज, विभिन्न रेष्टुरेण्टमा डिनर प्याकेज, भीआईपी एक्सेसलगायत पुरस्कारहरू प्रदान गरिनेछ । 

salt training

कमेन्ट गर्नुहोस्