
गायक कमल खत्री र गायिका मेलिना मैनालीले विवाह गरेका छन् । केही साताअघि ‘इन्गेजमेन्ट’ गरेका उनीहरूले आज (आइतवार) विवाह गरेका हुन् ।
दुवैको घर परिवारका सदस्यहरूको उपस्थितिमा सामान्य तरिकाले विवाह गरेको कमल–मेलिनाले फेसबुकमार्फत जानकारी दिएका छन् । बिहेमा लाग्ने खर्च गरिब असहायलाई सहयोग गर्ने भनेर सामान्य तरिकाले विवाह गरेको उनीहरूको भनाइ छ ।
विवाहको भिडियोसमेत उनीहरूले फेसबुकमा शेयर गरेका छन् । जीवनको हरेक उतार–चढावमा सदैव एकअर्काको साथमा रहने बाचा गर्दै उनीहरूले रितिरिवाजअनुसार विवाह गरेका हुन् ।

‘आत्मामा’बोलको गीतबाट चर्चामा आएका कमलका थुप्रै गीत लोकप्रिय छन् । मेलिना मैनाली भने उदीयमान गायिका हुन् । उनका पनि केही गीतहरू चर्चित छन् । केही समयदेखि प्रेममा रहेका कमल र मेलिनाले केही गीतमा सहकार्य गरेका छन् । उनीहरूको सहकार्य रहेका ‘फिल्का–फिक्का’, ‘म गीत हुँ तिम्रो २’ लगायतका गीत चर्चित छन् ।