×

X
Nic Asia
Dabur
Khukuri

सुत्करी हुन नसकेकी महिलाको हेलिकप्टरमार्फत उद्धार, थापाथली अस्पताल ल्याइयाे

काठमाडाैं | असोज १६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

लामो प्रसव पीडामा रहेकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । दुप्चेश्वर गाउँपालिका–२ गाउँखर्ककी २२ वर्षीय सीता तामाङको आज दिउँसो हेलिकप्टरबाट उद्धार गरिएको हो ।

LAxmi BAnk
nabil BANK inside

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत तामाङलाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ थापाथलीस्थित प्रसूति अस्पताल पठाइएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शङ्करबहादुर थापाले बताए ।     


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

स्वास्थ्य संस्थाले असोज ११ गतेका लागि सुत्केरी हुने दिन तोकेको थियो । असोज १४ गते शुक्रबार प्रसव पीडा सुरु भएपछि वडा नं ३ स्थित राउतबेँसी स्वास्थ्य चौकी ल्याइएको थियो ।

स्वास्थ्य चौकीबाट सुत्केरी गराउन नसक्ने जानकारी शनिबार परिवारलाई जानकारी गराइएको थियो । परिवारको आग्रहअनुसार शनिबार स्वास्थ्य चौकीमा नै राखिएको राउतबेँसी स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी कञ्चनमाला श्रेष्ठले बताए ।     


Advertisment
Saurya island

आज एम्बुलेन्समार्फत थापाथली अस्पताल लैजान सम्भव नभएकाले तादी गाउँपालिकास्थित खरानीटाबाट उहाँको हेलिकप्टमार्फत उद्धार गरिएको हो । जिल्लाको १२ स्थानीय तहमध्ये दुप्चेश्वर गाउँपालिकामा मात्रै राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन भइरहेको छ ।

पूर्ण संस्थागत सुत्केरी दुप्चेश्वर निर्माणको अभियानलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमको महत्वपूर्ण योगदान रहेको गाउँपालिकाका अध्यक्ष थापाले बताए । हालसम्म उक्त कार्यक्रममार्फत सातजनाले सेवा लिएका छन् । 
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २२, २०७९

ताप्लेजुङमा बिहीवार सम्पन्न ३ दिने निःशुल्क शल्यक्रिया सहितको आँखा शिविरमा १०८ जनाको शल्यक्रिया भएको छ । नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ र सेवा फाउन्डेसन काठमाडौंको आयोजनामा सञ्चालित शिविरमा ९३ जनाको मोतिया...

मंसिर २३, २०७९

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार प्रजनन् स्वास्थ्य अधिकार कानुनी क्लिनिकको स्थापना गरिएको छ । प्रजनन् स्वास्थ्य अधिकारका विषयमा जानकारी दिन क्लिनिक खोलिएको यौन तथा प्रजनन् स्वास्थ्य र लैङ्गिक हि...

मंसिर २२, २०७९

रुकुमपूर्व भूमे गाउँपालिका–४ काँडाका मनशोभा बुढा ९५ वर्ष पुगिन् । बुढेसकालले छोएसँगै उनले विगत २ वर्षयता आँखाको ज्योति गुमाएकी थिइन् । परिवारका अन्य सदस्यको साहारा लिएर घरभित्र र बाहिर गर्दै आएका बु...

मंसिर २३, २०७९

समयमा उपचार नपाउँदा मिर्गौलाका बिरामीले सास्ती व्यहोर्नुपरेको छ । शिक्षण अस्पताल कोहलपुर र भेरी अस्पताल नेपालगञ्जमा मिर्गाैलाका बिरामी डायलासिसका लागि पालो कुरेर बसे पनि सेवा पाउन सकेका छैनन् । भेरी अस्...

मंसिर २२, २०७९

  रुघा लाग्दा हुने बन्द नाक खोल्नका लागि बजारबाट सामान ल्याउनुभन्दा घरेलु उपाय नै अपनाउनु ठीक हुन्छ । जसका लागि यी टिप्स लाभदायक हुनसक्छ बाफ पानी उमालेर त्यसमा पुदिनाका केही पात पिँधेर हाल्नुस् र दु...

मंसिर २२, २०७९

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

मंसिर २३, २०७९

चन्द्रमामा पहिलोचोटि पाइला राखेबापत निल आर्मस्ट्रङ्गलाई अमेरिका मात्र होइन, सम्पूर्ण संसारले सम्मान र इज्जत गर्‍यो । बज एल्ड्रिन र माइकल कोलिन्स पनि सँगै थिए । उनीहरू पनि पहिलो हुन सक्थे तर भएनन् । जब यानबाट...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

ad
x