×

Nic Asia
Dabur
Prabhu Bank

सडक बजार

फूटपाथ व्यापारीको दुःख : न घर छ, न माइती ! सडकमा नबसेर कता जानु ? [भिडियो]

काठमाडाैं | असोज १७, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

७० वर्षे मञ्जु शाक्य न्युरोडको फूटपाथमा डालो राखेर मास्क, हेडफोन बेच्छिन् । दैनिक व्यापार गरेर २००–३०० रुपैयाँ जोहो गर्छिन् । सोही रकमबाट दैनिक कोठा भाडा छुट्याउँछिन् अनि बचेको रकमले खाने दाल, चामल जोहो गर्छिन् ।

yONNEX
IME BANK INNEWS

उनको दिनचर्या यत्ति हो । उनको यो संसारमा कोही पनि छैनन् । अनि उनीसँग सम्पत्तिको नाममा १ रुपैयाँ पनि छैन । फूटपाथमा दैनिक डालो राखेर मास्क, हेडफोन बेचेरै जसोतसो जीवन गुजारा चलाउँछिन् उनी । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

आफू बुवाआमाकी एक्ली छोरी रहेकी उनले कुराकानीका क्रममा बताइन् तर छोरा नभएकाले बुवाआमाले सबै सम्पत्ति माइला बुवाको छोरालाई दिएको उनले बताइन् । ‘छोरी भएर जन्मिनु हेला रहेछ बाबु,’ उनले दुःखी हुँदै भनिन्, ‘बुवाआमाले सबै सम्पत्ति माइला बुवाको छोरालाई दिनुभयो तर अहिले उनीहरूले मलाई वास्ता नै गर्दैनन्, सडकमा जीवन बिताउन बाध्य छु ।’


Advertisment
Lokantar App
Saurya island

उनले भनिन्, ‘यता बिहे गरेपछि आएको घरमा पनि श्रीमान्को सबै सम्पत्ति सासुससुराले श्रीमान् सानै छँदा सिध्याइसकेका रहेछन् ।’ सो कुरा बिहेपछि मात्र आफूले थाहा पाएको उनले बताइन् । अनि जसोतसो बुढाबुढी मिलेर फूटपाथमा तरकारी बेच्ने गरेको उनले बताइन् ।
 
उनले दुःखी हुँदै भनिन्, ‘२०७१ सालमा श्रीमान् पनि बित्नुभयो अनि मैले यो फूटपाथमा डालो राखेर मास्क, हेडफोन बेच्न थालेकी हुँ । कुनै बाटो नभेटेपछि सडकमा बेच्न बाध्य भएकी हुँ तर अहिले २–४ महिनादेखि नगरपालिकाले साह्रै दुःख दिइरहेको छ ।’

न्युरोडमै नाङ्लोमा व्यापार गरिरहेकी माया खत्रीको कथा भने बेग्लै छ । १५ वर्षको उमेरमा खोटाङबाट काठमाडौं आएर जिरीको केटासँग आफुले प्रेम गरेर विवाह गरेको उनले बताइन् तर २ वटा छोरी भएको हुनाले उनले छाडेर गएको बताइन् ।

Vianet communication

‘कान्छी छोरी जन्मेपछि मेरो श्रीमान्ले त्यो छोरीलाई मार्न खोजेका थिए,’ उनले भनिन्, ‘तर मैले झिकेर छोरीलाई बचाएँ ।’ सामान बेचेर घर फर्कंदा छोरीलाई बोरामा प्याक गरेर राखेको उनले बताइन् ।

त्यसदिनबाट घर छाडेर हिँडेका श्रीमान् आजसम्म घर नफर्केका उनले बताइन् । उल्टो श्रीमान् विदेश जाँदा लिएको ऋण अहिलेसम्म तिर्न बाँकी रहेको उनले बताइन् । ‘अनि सडकमा व्यापार नगरे कता जानु ?’ उनले भनिन्, ‘झन् नयाँ मेयर पाएर गरीब दुःखीका लागि केही होला भनेको झन् दुःख पाइयो ।’

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
असोज ३०, २०७९

साढे ६ वर्ष दक्षिण कोरियामा काम गरेर फर्किएका बुवा र त्रिभुवन विश्वविद्यालयबाट एमएससी गर्दै गरेका छोरा सँगै म्यादी प्रहरीमा भर्ना भएका छन् । आइतवारबाट शुरू भएको ४० दिने म्यादीको जागिरमा सीतापाइलाका राज...

कात्तिक ७, २०७९

महेन्द्र सुवेदीले ३० वर्षअघि काठमाडौंमा रोजगारी खोज्ने सिलसिलामा नर्सरी पेशा अँगाले । विक्रम संवत् २०५० सालको कुरा हो । भर्खरै एसएलसी पास गरेर भोजपुरबाट काठमाडौं आएका बेला भिनाजुको भाइमार्फत नर्सरी पेशामा...

पुस २१, २०७९

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्ष ८ महिनाअघि (२०७८ वैशाख १२ मा) निकै तामझामका साथ उद्घाटन गरेको धरहरा निर्माण कार्य पूरा हुने सुरसार देखिँदैन भने सञ्चालनमा आउने मिति अनिश्चित छ । धरहराको स्तम्भ...

माघ २४, २०७९

ध्यान भन्नेबित्तिकै आममानिसको बुझाइ छ, यो केही लामो समयको हुन्छ । तर, ललितपुर निवासी डा. विजय बज्राचार्यले मानिसहरूलाई जम्मा ३ मिनेटमा गर्न सकिने ध्यान सिकाउँदै आएका छन् ।  शान्ति वन अभियान ‘द व...

माघ २६, २०७९

काठमाडौं महानगरपालिकाले मापदण्डविपरीत बनेका अनधिकृत भौतिक संरचनाहरू भत्काएपछि असरल्ल छाडिएको करिब ४ महिना बितिसकेको छ ।  भत्काइएका संरचनाको अहिलेसम्म उचित व्यवस्थापन हुन नसक्दा शहर नै कुरुपझैं ...

मंसिर १२, २०७९

थापाथलीस्थित सुकुम्वासी बस्तीमा काठमाडौं महानगरले डोजर चलाउने क्रममा अवरोध भएको छ ।    महानगरपालिकाले अनधिकृत रूपमा बनाइएका भौतिक संरचना हटाउने अभियानअन्तर्गत सोमवार दिउँसो डोजर चलाउन शुरू गर...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x