कात्तिक १७, २०८०
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
दशैंमा टीकाको विशेष महत्त्व छ । नवरात्रको दशौं दिन अर्थात् विजयादशमीको दिन आफूभन्दा ठूला तथा मान्यजनबाट टीका–जमरा लगाई आशिर्वाद ग्रहण गर्ने प्रचलन छ ।
खसआर्य समुदायले दशैंको अवसरमा रातो टीका लगाउने गर्छन् । टीका दही, अक्षता र रातो रंगको मिश्रणबाट तयार गरिन्छ तर जनजातिहरूमध्ये किराँत समुदायमा सेतो टीका लगाउने प्रचलन छ । राई, लिम्बु, मगर, तामाङ, थारु लगायतका समुदायले सेतो टीका लगाउने गर्छन् ।
सेतो टीकामा दही र चामल (अक्षता) मात्र मिश्रण गरिएको हुन्छ । यी समुदायले दशैंको टीका मात्र होइन, अन्य शुभकार्यमा पनि सेतो रंगकै टीका लगाउने गर्छन् । जनजाति भए पनि नेवार समुदायले रातो रंगकै टीका लगाउने गर्छन् ।
किन लगाउँछन् किराँतीहरू सेतो टीका ?
खसआर्य समुदायले रातो टीका लगाउँदा केही जनजाति समुदायले किन दशैंको टीका सेतो लगाउँछन् भन्नेबारे खास तथ्य फेला परेको छैन । संस्कृतिविद्हरूले सेतो टीका लगाउनुका कारणबारे विभिन्न तर्क गरेका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति एवं संस्कृतिविद् डा. जगमान गुरुङ दशैं मनाउने सबै जातिले आरम्भमा सेतै टीका लगाउने गरेको बताउँछन् । उनले एक सार्वजनिक कार्यक्रममा शुरूआतमा खसआर्य समुदायले पनि सेतै टीका लगाउने गरेको दाबी गरेका थिए ।
उनले भनेका थिए, ‘पहिले रंग कहाँबाट पाउनु ? बाहुन–क्षेत्रीको पनि सेतै टीका हुन्थ्यो । पछि भारतबाट रातो रंग ल्याएर लगाएका हुन् । दुल्लुतिर दही चामलमा बेसार मुछेर लगाइन्छ । तनहुँका एकथरी अधिकारी (थामी अधिकारी) को कूल पूजामा सेतो टीका चलाउनुपर्छ । उहाँहरूको कूल देवताको पूजामा सेतो चल्छ ।’
डा. गुरुङ रातो टीकाको चलन नेवार समुदायले शुरू गरेको दाबी गर्छन् । पहिले व्यापारसँग जोडिएकाले पनि रातो रंग नेवार समुदायको पहुँचमा पुगेको र पछि मात्र खसआर्य समुदायले रातो टीका लगाउन थालेका उनको भनाइ थियो ।
कतिपय जनजातिहरू दशैं पर्वलाई आफ्नो मौलिक पर्वका रूपमा स्वीकार गर्दैनन् । विशेष गरेर किराँत समुदायले दशैंलाई आफ्नो पर्व नभएको बताउँछ । किराँत समुदायका अगुवाहरूले बेलाबेलामा दशैं बहिष्कार अभियान पनि सञ्चालन गर्ने गरेका थिए । खासगरी २०४६ सालको जनआन्दोलपछि गोरेबहादुर खपाङ्गी लगायतका नेताहरूले जनजातिले दशैं मनाउन नहुने र टीका लगाउन नहुने अभियानको नेतृत्व गरेका थिए ।
किराँत समुदायको सभ्यता तथा धर्म ‘मुन्धुम’मा आधारित छ । मुन्धुमी संस्कारकै आधारमा किराँत समुदायको धर्म–संस्कार चलिरहेको छ । मुन्धुम धर्मको अध्ययन गरिरहेका भोगिराज चाम्लिङ मुन्धुममा दशैंका विषयमा केही उल्लेख नगरिएको बताउँछन् । आफूले गरेको अध्ययनमा हालसम्म दशैं पर्वका विषयमा केही पनि उल्लेख गरिएको नपाएको उनले बताए । त्यसैले दशैंमा टीका लगाउने प्रचलन किराँत समुदायका लागि आयातित संस्कृति भएको उनी बताउँछन् ।
पछिल्लो समय दशैं विरोधी अभियान चलेको छैन । नेपाल बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले देशभित्रका सबै जातजाति, भाषाभाषी तथा धार्मिक समुदायबीच अन्तर्घुलन भइरहेको र एकले अर्काको संस्कार, संस्कृतिलाई स्वीकार गर्दै जानुपर्ने मत बलियो बनेको छ ।
सेतो टीका विद्रोहको प्रतिक हो ?
तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुपूर्व पूर्वतिर पल्लो किराँत, माझ किराँत, विजयपुर लगायतका राज्य थिए । विक्रम संवत् १८३१ सालभन्दा अगाडिसम्म पूर्वमा किराँत राज्यहरू अस्तित्वमा थिए ।
नेपाल एकीकरणका बेलामा लिम्बुवान राज्य र पृथ्वीनारायण शाहका सेनाबीच सम्झौता भएको लिम्बुवान अगुवाहरू बताउँछन् । तत्कालीन बहादुर शाहको नेतृत्वको गोर्खाली सेना र लिम्बुवान सेनाबीच लिम्बुहरूको ‘किपट’ (जमिन माथिको स्वामित्व) नखोस्ने शर्तमा एकीकरण भएको विभिन्न दस्तावेजमा पनि उल्लेख गरिएको छ ।
विक्रम संवत् २०२१ सालमा भूमिसुधार लागू भएपछि मात्र लिम्बुवानको ‘किपट’ खोसिएको गुनासो छ । पछि शासकहरूले विक्रम संवत् १८३१ सालको सम्झौतामा उल्लेख गरिएको शर्त विपरीत ‘किपट’ खोसेको किराँती अगुवाको गुनासो छ । पछि राज्यले ‘किपट’ मात्र खोसेन, त्यसपछि धार्मिक र सांस्कृति हिसाबले पनि जनजातिमाथि आक्रमण भएको लिम्बुवान नेता कुमार लिङदेन बताउँछन् । जनजातिका धर्म संस्कारलाई जबरजस्ती हिन्दूकरण गरिएको उनको दाबी छ ।
एकीकरणपछि जनजातिहरूमाथि तत्कालीन शासकहरूले धार्मिक र सांस्कृतिक हिसाबले पनि आक्रमण गरेको, हिन्दू धर्म र संस्कारलाई अगाल्न बाध्य पारेको कतिपय जनजाति अगुवाको तर्क छ । त्यसअघि लिम्बु समुदायमा दशैं पर्व मनाउने प्रचलन नरहे पनि राज्यकै तर्फबाट जबरजस्ती दशैं मान्न बाध्य पारिएको लिङदेनको भनाइ छ ।
जनजाति अगुवाहरू दशैंको अष्टमीको दिन मार (पशुबली) हान्नैपर्ने बाध्यकारी नियम जनजातिहरूमाथि थोपरिएको आरोप लगाउँदै आएका छन् । जनजाति अगुवाले विशेषगरी किराँत राज्य भएका क्षेत्रमा दशैंको मार हानेर घरको भित्ताका पशुको रगतले हातको छाप हान्नैपर्ने नियम लागू गरिएको बताउने गरेका छन् ।
राज्यकै तर्फबाट दशैं मान्न बाध्य पारिएपछि विरोधको प्रतिक स्वरूप रातो टीकाको सट्टामा सेतो टीका लगाउने प्रचलन शुरू भएको तर्क गर्ने जनजाति अगुवाहरू पनि भेटिन्छन् । खसआर्य समुदायले दशैंको टीका दशमीको दिनदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने गरे पनि जनजाति समुदायले दशमीका दिनबाहेक अन्य दिनमा टीका लगाउने गर्दैनन् । पछिल्लो समय खसआर्य समुदायसँग घुलमिल भएर बसेका जनजातिले दशमीदेखि पूर्णिमासम्म नै टीका लगाउने गरेका छन् । यो सामाजिक अन्तर्घुलनको कारण मात्र भएको बताइन्छ ।
दशमीदेखि कोजाग्रत पूर्णिमासम्म टीका नलगाई जनजातिहरूले १ दिन मात्र दशैंको टीका लगाउनुले पनि बाध्यात्मक रूपमा आफूहरूले दशैं मनाउन थालेको पुष्टि हुने जनजाति अगुवाहरूको तर्क छ ।
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...