
आइतवार अमेरिकी डलरको विनिमय दर स्थीर रहेको छ ।
नेपाल राष्ट्र बैंकले कायम गरेको विनिमय दरअनुसार आइतवार अमेरिकी डलरको खरिद दर प्रति डलर १३१.४२ रुपैयाँ र प्रति डलर बिक्री दर १३२.०२ रुपैयाँ कायम भएको छ ।
शनिवार पनि अमेरिकी डलरको विनिमय दर सोही कायम रहेको थियो ।
अमेरिकी डलरको विनिमय दरको यो वृद्धि हालसम्मकै उच्च हो ।
राष्ट्र बैंकका अनुसार आइतवार युरोपियन युरोको प्रति युरो खरिद दर १२८.८६ रुपैयाँ र बिक्री दर १२९.४५ रुपैयाँ कायम भएको छ ।
यस्तो छ आजको सटही दर