१९ असार २०८३, शुक्रबार

दशैं सकिएसँगै आउन थाले तिहारका गीत

दशैं सकिएसँगै आउन थाले तिहारका गीत

तीज, दशैं, तिहारजस्ता पर्वमा सोहीलक्षित गीतहरू सार्वजनिक हुँदै आएका छन् । कतिपय कलाकारहरूले दशैं तिहारमा दुवै पर्वलाई जोडेर गीतहरू ल्याउने गरेका छन् । कतिपयले भने दशैंमा दशैंलक्षित र तिहारमा तिहारलक्षित गीतहरू ल्याउने गरेका छन् । 

यतिबेला दशैं सकिएसँगै तिहारलक्षित गीतहरू देखिन थालेका छन् । केही कलाकारहरूले तिहारलाई लक्षित गर्दै नयाँ गीत सार्वजनिक गरिसकेका छन् । तिहारलाई लक्षित गरेर विशेषगरी देउसीभैलो गीतहरू बढी आउने गरेका छन् । यस्तैमा पशुपति शर्मादेखि एलिना चौहानसम्मले स्वर दिएका तिहार गीतहरू युट्युबमा सार्वजनिक भएका छन् । 

पशुपति शर्मा, शान्तीश्री परियार, पूजा देवकोटा र सुप्रिम मल्ल ठकुरीको स्वरमा ‘देउसी भैलो’ शीर्षकको तिहार गीत सार्वजनिक भएको छ । दुर्गा पौडेलको शब्द, पशुपति शर्माको संगीत रहेको गीतलाई विनोद बाजुरालीले एरेन्ज गरेका छन् । 

दुर्गा पौडेलको कन्सेप्ट एवं निर्देशनमा बनेको भिडियोमा पशुपति शर्मा, अञ्जु निरौला, आयुशा गौतम, जीवन श्रेष्ठ, जविस श्रेष्ठसँगै पूजा देवकोटा र सुप्रिम मल्ल ठकुरी प्रस्तुत छन् । 

यस्तै, गायिका एलिना चौहानले ‘आँगनमा आयौं देउसिरे’ बोलको तिहार गीत ल्याएकी छन् । दीपक शर्माको शब्द एवं संगीत, कृष्ण बिकको एरेन्ज रहेको गीतमा एलिनासँगै रवी ओड र किरण भुजेलले स्वर दिएका छन् । 

मौसम हिमालीको निर्देशनमा तयार यस गीतमा एलिना, रवी, किरणसँगै सरोज राना प्रजा, समारिका ढकाल, स्मारिका ढकाल लगायत प्रस्तुत छन् । 

गायक पुरुषोत्तम पौडेलले पनि तिहार गीत सार्वजनिक गरेका छन् । ‘झिलिमिली तिहार’बोलको गीतमा पुरुषोत्तमसँगै सुनिता बुढा क्षेत्री, पुजा देवकोटा र सुप्रिम मल्ल ठकुरीले स्वर दिएका छन् । 

यस गीतको भिडियोमा भने गायक÷गायिकासँगै अस्मिता रणपाल, दिब्या न्यौपाने, कृष्ण सापकोटा, रमेश केसी, सन्ध्या पौडेल लगायत प्रस्तुत छन् । राम केसीको छायाँकन रहेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन् । अन्य केही तिहारलक्षित गीतहरू समेत सार्वजनिक भएका छन् । केही कलाकारहरू तिहार गीत सार्वजनिक गर्ने तयारीमा जुटेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्