१७ असार २०८३, बुधबार

एक्सचेन्ज मेला आयोजना गर्दै टिभीएस

असोज २८, २०७९
एक्सचेन्ज मेला आयोजना गर्दै टिभीएस

नेपालका लागि टिभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’  आयोजना गर्ने भएको छ ।

मेला असोज ३१ बाट कार्तिक ५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने कम्पनीले जनाएको छ ।

मेलामा ग्राहकहरुले कुनै पनि ब्राण्डका पूरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आकर्षक छुट तथा उपहारहरु पाउने छन् । 

यस मेलामा सहभागी हुने ग्राहकले आफ्नो पूरानो बाइक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको मोटरसाइकल र स्कुटर लिँदा बजार मुल्याङ्कन भन्दा ७ हजार रुपैयाँ बढी पाउने कम्पनीको भनाइ  छ । 

साथै नकिन्दै १ लाख र किन्दा १० लाख रुपैयाँसम्मको नगद छुट समेत पाउने कम्पनीको भनाइ छ ।

यस योजनामा आर्कषक फाइनान्स अफर पनि समावेश छ, जस अन्तर्गत न्यूनतम २५% डाउनपेमेन्ट र रु ४,२७७ को मासिक ईएमआइमा बाइक तथा स्कुटर लिन सकिने कम्पनीको भनाइ छ । 

यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्ने छन् ।   

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । 

 
 

salt training

कमेन्ट गर्नुहोस्