२६ असार २०८३, शुक्रबार

माछापुच्छ्रे बैंकले भन्यो :  रकम हिनामिना गर्नेमाथि कानूनी कारबाही शुरू भइसक्यो

माछापुच्छ्रे बैंकले भन्यो :  रकम हिनामिना गर्नेमाथि कानूनी कारबाही शुरू भइसक्यो

माछापुच्छ्रे बैंक लिमिटेडले बिहीवार केही संचारमाध्यमहरूमा बैंकको शाखारहित बैंकिङ्ग केन्द्रबाट रकम हिनामिना भएको भन्ने समाचार आएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आइतवार एक सूचना जारी गर्दै बैंकले यसबारे गम्भीर ध्यानाकर्षण गरेको जनाएको हो । 

यस बैंकले रुपन्देहीको समरीमाई गाउँपालिका, वडा नं. ५, रोइनिहवा र लुम्बिनी सांस्कृतिक न. पा., वडा नं. २, मुजहानामा रहेको ग्राहक सेवा केन्द्रको प्रतिनिधिहरूबाट भएको कार्यमा कैफियत देखिए पछि सेवा बन्द गरिएको समेत स्पष्ट पारेको छ । 

बैंकले भनेको छ,'शाखारहित ग्राहक सेवा केन्द्र (बिएलबि) मार्फत सीमित बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्य सहित निरन्जन पाठक र सिकन्द्र ठाकुर व्यवसायिक प्रतिनिधी नियुक्त भई कारोबार भई आएकोमा निरीक्षणको क्रममा उक्त ग्राहक सेवा केन्द्रको प्रतिनिधिहरूबाट भएको कार्यमा कैफियत देखिए पछि उक्त सेवा बन्द गरिएको व्यहोरा अवगत गराउँदछौं ।'

'सेवा केन्द्रका प्रतिनिधिहरूले विभिन्न व्यक्तिहरूबाट लिएको रकम रियल टाइममा रकम जम्मा हुने र सिस्टम मार्फत नै भौचर प्रिण्ट भई निक्षेपकर्तालाई सोही भौचर प्रदान गर्नुपर्नेमा प्रतिनिधिहरूले बैंक भौचरको अनाधिकृत प्रयोग गरी विभिन्न व्यक्तिहरूलाई हस्तलिखित भौचर प्रदान गर्ने र बैंकको अनलाईन सिस्टम मार्फत रकम जम्मा नै नगरी आफै रकम राख्ने गरेको कार्य कानून विपरित रहेकोमा उनीहरू बिरुद्ध जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा लिखित उजुरी समेत दिइसकेका छौं,' बैंकको भनाइ छ ।

बैंकले ती प्रतिनिधिहरूले विभिन्न व्यक्तिहरूबाट लिएको रकम आफैंले मासेको लिखित रुपमा नै स्वीकार गरिसकेको र उनीहरूबारे प्रहरी कार्यालय मार्फत आवश्यक कानूनी प्रकृया शुरू भइसकेको जनाएको छ । 

  

salt training

कमेन्ट गर्नुहोस्