
आठौं संस्करणको आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज सोमवार दुई खेलहरू हुँदैछन् ।
होवार्टमा सोमवार पहिलो राउण्ड अन्तर्गत समूह 'बी' का दुई खेलहरू हुन लागेको हो ।
पहिलो खेलमा स्कटल्याण्ड र वेस्ट इण्डिज खेल्दै छन् । बेरिलिभ ओभलमा हुने खेल नेपाली समय अनुसार बिहान ९:४५ मा शुरू हुनेछ ।
सोमवार नै हुने दोस्रो खेलमा समूह 'बी' का जिम्बाबे र आयरल्याण्ड खेल्दै छन् । बेरिलिभ ओभलमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो १:४५ मा हुनेछ ।