०८ असार २०८३, सोमबार

नयाँ गीत ल्याएका शिव भन्छन् - मेरो सांगीतिक जीवनको अर्को संघर्ष

नयाँ गीत ल्याएका शिव भन्छन् - मेरो सांगीतिक जीवनको अर्को संघर्ष

गायक शिव परियारले नयाँ गीत सार्वजनिक गरेका छन् । सोमवार आफ्नै अफिसियल युट्युब च्यानलमार्फत ‘बाटो हेर्दा हेर्दै’बोलको गीत उनले सार्वजनिक गरेका हुन् । 

नरेन लिम्बुको शब्द एवं संगीत रहेको गीतमा शिवले एकल स्वर दिएका छन् । गीतको भिडियोमा समेत शिवले मोडलिङ गरेका छन् । उनी भिडियोमा मोडल करिश्मा श्रेष्ठसँग प्रस्तुत भएका हुन् । यस गीतलाई शिवले आफ्नो सांगीतिक जीवनको तेस्रो चरणको संघर्षको रूपमा लिएका छन् । 

उनले भनेका छन्, ‘फेवातालमा साइली, अलिकति नजर तिम्रो, कहाँ थियौँ तिमी, क्या दामी भो, संगीलगायत धेरै गीत २०६२ देखि ०७२ सालसम्म १० वर्ष समय अवधि पहिलो चरणको संघर्ष र सफलता थियो ।’ उनले २०७२ देखि ०७९ सम्म ७ वर्षको अवधिलाई दोस्रो चरणको संघर्ष र सफलता भनेका छन् । 

यो अवधिमा उनका पिलायो साथीले, नभेटी नभेटी, आँसुको अर्थ, पाकेर खाको फल मिठ्ठो, फूलै फूल दिन्छौ की, धोकेबाज हौँ तिमीलगायतका सार्वजनिक भएका थिए । उनले फेसबुकमा लेखेका छन्, ‘अब ‘बाटो हेर्दा हेर्दै’ गीतले मेरो जीवनको तेस्रो चरणको संघर्षको शुरुवात गर्ने छ । यो मेरो सांगीतिक जीवनमा आफैसँगको प्रतिष्पर्धा रहने छ ।’


salt training

कमेन्ट गर्नुहोस्