०७ असार २०८३, आइतबार

शनिवारदेखि तिहार : यस्तो छ लक्ष्मीपूजा र भाइटीकाको उत्तम साइत

कात्तिक २, २०७९
शनिवारदेखि तिहार : यस्तो छ लक्ष्मीपूजा र भाइटीकाको उत्तम साइत

यस वर्षको तिहार कात्तिक ५ गतेदेखि शुरू हुँदैछ । 

५ गते शनिवार धनतेरस, ६ गते काग तिहार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

कात्तिक ७ गते कुकुरतिहार, नरकचतुर्दशी, लक्ष्मीपूजा, दीपमालिका, सुखरात्रि परेको छ ।

यस्तै ८ गते गाइपूजा परेको छ भने कात्तिक ९ गते गोवर्द्धनपूजा, वलीपूजा, हलितिहार, म्हपूजा, गोरुपूजा परेको छ । 

यसैदिनदेखि नेपाल सम्बत् ११४३ समेत शुरू हुनेछ ।

कात्तिक १० गते बिहीवार भाइटीका छ । भाइटीकाको शुभसाइत बिहान ११ : ३७ बजे रहेको समितिले जनाएको छ । 


 

कमेन्ट गर्नुहोस्