११ साउन २०८३, सोमबार

एनआइसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा लम्साल नियुक्त

कात्तिक २, २०७९
एनआइसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा लम्साल नियुक्त

एनआइसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा केशवप्रसाद लम्साल नियुक्त भएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव सम्हालेका लम्साललाई बैंकको सञ्चालक समितिको  बुधवारको बैठकले नियुक्त गरेको हो । 

नवनियुक्त सञ्चालक लम्सालले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएका छन् । 

अर्थशास्त्र एवं बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तरसम्म अध्ययन गरेका उनी राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न विभागहरुको नेतृत्व सम्हाल्दै नायब प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश भएका थिए । 

  
 

salt training

कमेन्ट गर्नुहोस्