१२ साउन २०८३, मंगलबार

‘दुई नम्बरी’को कलेक्सन ६ करोडमाथि, सुटिङ भएको ल्वाङ गाउँका स्थानीयलाई देखाइयो फिल्म

कात्तिक ४, २०७९
‘दुई नम्बरी’को कलेक्सन ६ करोडमाथि, सुटिङ भएको ल्वाङ गाउँका स्थानीयलाई देखाइयो फिल्म

असोजको २१ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘दुई नम्बरी’ शुक्रवार (आज)बाट तेस्रो सातामा प्रवेश गरेको छ । तेस्रो सातामा पनि मल्टिप्लेक्समा यो फिल्मले राम्रो शोज पाइरहेको छ ।

दुई सातामा सुखद कमाई गरेको फिल्मलाई दर्शकले पनि माया दिइरहेका छन् । यसैबीच, यो फिल्मका निर्माताले ल्वाङ गाउँमा पुगेर फिल्म देखाएका छन् । यो फिल्म कास्कीको ल्वाङ गाउँमा खिचिएको थियो । यो गाउँका बासिन्दाले हल नभएका कारण फिल्म हेर्न पाएका थिएनन् । ल्वाङ गाउँका २ सयभन्दा बढी स्थानीयलाई प्रोजेक्टरबाट फिल्म देखाइएको हो ।

फिल्मको शोजका लागि निर्माता किरण नेपाली र निर्देशक दीपेन्द्र लामा ल्वाङ गाउँ पुगेका छन् । फिल्मको पर्दामा आफ्नै गाउँका दृश्यहरू हेर्न पाउँदा स्थानीयले खुसी व्यक्त गरेको निर्माता नेपालीले बताए । उनले भने, ‘फिल्म हिट भएपछि हामी यहाँका स्थानीय बासिन्दालाई धन्यवाद दिन र फिल्म देखाउन आएका हौँ । स्थानीयको ठूलो सहयोगका कारण फिल्मको छायांकन गर्न सहज भएको थियो ।’

दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्दि तामाङ अभिनित यो फिल्मले दुई सातामा ६ करोड माथिको ग्रस कलेक्सन गरेको बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्