०७ असार २०८३, आइतबार

तिहारको अवसरमा टेलिकमको ‘चाडपर्व अफर’, सस्तो मूल्यमा धेरै भ्वाइस र डाटा प्याक

कात्तिक ६, २०७९
तिहारको अवसरमा टेलिकमको ‘चाडपर्व अफर’, सस्तो मूल्यमा धेरै भ्वाइस र डाटा प्याक

नेपाल टेलिकमले नेपालीहरूको महान पर्वहरू तिहार, छठ तथा म्हपुजाका अवसरमा आज (आइतवार)देखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको चाडपर्व अफर उपलब्ध गराएको छ । 

उक्त अफरहरू यी पर्वहरूका अवसरमा कात्तिक ६ गतेदेखि कात्तिक १५ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ । 

डाटा प्याक अन्तर्गत रु. २९४ मा २० जीबी डाटा १० दिनभित्र र रु. ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ ।

त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा रु. ४९ मा उपलब्ध हुनेछ । 

यी प्याकहरू जुनसुकै समय प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । 

यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

 २०० रुपैयाँदेखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र ५०० रुपैयाँभन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुने टेलिकमको भनाइ छ । 

टेलिकमका अनुसार, पहिलो पटक भोल्टी सेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २०० मिनेटको निशुल्क भोल्टी सेवा पनि उपलब्ध गराइएको छ ।

उल्लिखित प्याकेजहरू प्राप्त गर्नका लागि ग्राहकले १४१५  डायल गर्नुपर्दछ ।

कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ ।  

salt training

कमेन्ट गर्नुहोस्