०७ असार २०८३, आइतबार

आजदेखि टेलिकममार्फत सस्तो दरमा यसरी पठाउन सकिन्छ ग्रुप एसएमएस

कात्तिक ८, २०७९
आजदेखि टेलिकममार्फत सस्तो दरमा यसरी पठाउन सकिन्छ ग्रुप एसएमएस

नेपाल टेलिकमले कम्पनीका ग्राहकहरूले आफ्नो मोबाइल नम्बरबाट एकै पटक धेरै व्यक्तिहरूलाई सामूहिक सन्देश पठाउन सकिने सेवा सञ्चालन शुरू गरेको छ । टेलिकमले उक्त सेवा आज (मंगलवार)देखि सञ्चालनमा ल्याएको छ । यो सेवा कात्तिक ८ गतेदेखि कात्तिक २१ गतेसम्म प्रयोग गर्न सकिने छ । 

यो अफरअन्तर्गत २ हजार, ५ हजार र १० हजार वटा मोबाइल नम्बरमा एकैपटक सन्देश पठाउन सकिने सामूहिक सन्देश सेवा उपलब्ध हुनेछ । प्रतिसन्देश मात्र ५० पैसामा पठाउन सकिने यस प्याकमा २ हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा रु. एक हजार मात्र लाग्नेछ । त्यसैगरी रु. २ हजार ५०० मा ५ दिन भित्रमा ५ हजार एसएमएस पठाउन सकिने प्याक र रु. ५ हजारमा १० दिन भित्रमा १० हजार एसएमएस पठाउन सकिने प्याक उपलब्ध हुनेछ । कम्पनीको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनैपनि कर समावेश छैन ।  

यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्नेछ र प्रेषित सन्देशको शब्द तथा भाव लगायतका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मेवार हुनुपर्नेछ । 

यो सेवा प्रयोग गर्नका लागि groupsms.ntc.net.np लगइन गरी प्याकेज खरिद गर्न सकिने छ । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो सम्पर्कमा भएका नम्बरहरू एक्सल सिटमार्फत अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको छ ।   

यस अफरबाट ग्राहकहरूले लाभ लिने विश्वास लिएको टेलिकमले जनाएको छ । 

कमेन्ट गर्नुहोस्