×

NMB BANK
NIC ASIA

बेलायत हाँक्ने बाटोमा ऋषि

बेलायतका पहिलो हिन्दू ‘प्रधानमन्त्री’: को हुन् 'डाउनिङ स्ट्रीट'मा इतिहास रच्न लागेका सुनक ?

कात्तिक ८, २०७९

NTC
Premier Steels

मंगलवार बेलायतको ५७औं प्रधानमन्त्री बन्न लागेका ऋषि सुनकले धेरै अर्थमा इतिहास रच्ने भएका छन् । 

Muktinath Bank

उनी बेलायती राजा चार्ल्स तृतीयभन्दा धनी छन् । जम्मा ४२ वर्ष पुगेका सुनक बेलायतमा विलियम पिट द योंगरबाहेकका सबभन्दा कान्छा उमेरका प्रधानमन्त्री हुँदैछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी बेलायतका पहिलो अश्वेत प्रधानमन्त्री समेत हुँदैछन् । बेलायतमा उनीअघि हिन्दू धर्मावलम्बी व्यक्ति प्रधानमन्त्री बनेको थिएन । 


Advertisment
Nabil box
Kumari

सुनक सन् १९८० मा इंग्ल्यान्डको साउथह्याम्पटनमा भारतीय परिवारमा जन्मेका थिए । उनको परिवार पूर्वी अफ्रिकाबाट बसाइँ सरेर बेलायत पुगेको थियो । 

Vianet communication

उनका पिता चिकित्सक थिए भने आमाले आफ्नै औषधि पसल चलाउने गरेकी थिइन् । 

तीन सन्तानमध्येका जेठा सुनकले निजी आवासीय विद्यालयबाट औपचारिक अध्ययन सकेका हुन् । उनी पढेका विनचेस्टर कलेजमा भर्ना हुन वर्षको ४३ हजार ३३५ पाउन्ड अर्थात् ६४ लाख रुपैयाँभन्दा बढी रकम तिर्नुपर्छ । 

उनी विद्यालयका हेड बोय थिए । हालैका वर्षमा उनले विद्यालयलाई १ लाख पाउन्डभन्दा बढी रकम पटकपटक गरी दान दिइसकेका छन् । 

सुनक विद्यालय शिक्षा सकेपछि अक्सफोर्ड विश्वविद्यालयमा भर्ना हुन पुगे । त्यहाँ उनले राजनीति, दर्शन र अर्थशास्त्र अध्ययन गरे । उनले परीक्षामा अब्बल अंक ल्याएर फर्स्ट क्लास डिग्री उपाधि हात पारेका थिए । 

पछि उनले स्ट्यानफोर्ड विश्वविद्यालयबाट एमबीए पूरा गरे । त्यहाँ छँदा उनले अक्षया मूर्तिलाई भेटे जो पछि गएर उनकी पत्नी बनिन् । स्ट्यानफोर्डमा ऋषिलाई धेरैले चिन्ने अवसर पाएनन् । 

अक्षया मूर्ति भारतीय अर्बपति नारायण मूर्तिकी छोरी हुन् । नारायण मूर्तिलाई भारतका बिल गेट्स मानिन्छ । उनले इन्फोसिस नामक सफ्टवेयर कम्पनी खोलेका छन् । उक्त कम्पनीमा अक्षयाको ०.९१ प्रतिशत हिस्सा रहेको बताइन्छ । त्यो भनेको लगभग ७० करोड पाउन्ड हो । 

ऋषि र अक्षयाले सन् २००९ मा भारतको बेंगलुरुमा विवाह गरेका थिए । उक्त विवाह समारोहमा एक हजार पाहुना सहभागी थिए । 

उनीहरूका दुई छोरी छन् ः कृष्णा र अनुष्का । 

गत अप्रिल महिनामा अक्षया मूर्ति बेलायतमा स्थायी घर नभएकी महिला भनी खुलासा भएको थियो । अर्थात्, उनले विदेशमा कमाएको पैसाको कर बेलायत सरकारलाई तिर्ने गरेकी थिइनन् । उनी वर्षको जम्मा ३० हजार पाउन्ड तिर्थिन् । 

स्थायी घर भएको भए अक्षयाले २ करोड पाउन्ड भन्दा बढी कर तिर्नुपर्ने हुन्थ्यो भनी खबर आएको थियो । यस विषयमा सार्वजनिक हल्लाखल्ला भएपछि उनका प्रवक्ताले अबदेखि विदेशमा गरेको कमाइको कर पनि बेलायत सरकारलाई तिर्न थाल्ने स्पष्ट पारे । आफ्ना पतिमाथि परेको राजनीतिक दबाब कम गर्न उनले यो घोषणा गरेकी हुन् । 

सुनक र मूर्ति दुवैको सम्पत्ति जोड्दा ७३ करोड पाउन्ड भएको अनुमान गरिन्छ । राजा चार्ल्स तृतीय र रानी क्यामिलाको सम्पत्ति जोड्दा लगभग ३५ करोड पाउन्ड पुग्छ । 

ऋषि र अक्षयाले संसारका चारवटा ठाउँमा घर किनेका छन् र तिनको मूल्य १ करोड ५० लाख पाउन्डभन्दा बढी छ ।

पहिलोपटक सांसद भएको सात वर्षपछि नै सुनक प्रधानमन्त्री बन्ने भएका छन् । बेलायतको आधुनिक इतिहासमा यति छिटो प्रधानमन्त्री बन्ने व्यक्ति उनी नै हुन् । 

डेभिड क्यामरन सांसद बनेको नौ वर्षमा प्रधानमन्त्री भएका थिए । तर पिट द योंगरले सांसद भएको जम्मा दुई वर्षमा प्रधानमन्त्री बनेर कीर्तिमान कायम गरेका छन् । 

प्रधानमन्त्री बन्न सुनकले संघर्ष गर्नुपरेको थियो । सत्तारूढ कन्जर्भेटिभ (टोरी) पार्टीका सदस्यहरूले सुनकका प्रतिस्पर्धी लिज ट्रसलाई जिताएपछि सुनक राजनीतिबाट हराउने अपेक्षा गरिएको थियो । 

हुन पनि ट्रस प्रधानमन्त्री बनेको भोलिपल्ट संसद्को तल्लो सदनमा सम्बोधन गरी सुनक हराएका थिए । तर ट्रसले लिएको करकटौतीको विनाशकारी तथा आत्मघाती निर्णय नै उनको पतनको कारण बन्न पुग्यो । ट्रसको पतनलगत्तै सुनक आफ्ना समर्थक सांसदहरूका साथ प्रधानमन्त्री पदका लागि तयारी गरिरहेका थिए । 

पार्टी प्रमुख पद जितिसकेपछि सुनकले अत्युच्च उत्पादनमूलक बेलायती अर्थतन्त्र निर्माण गर्ने आफ्नो महत्त्वाकांक्षा भएको सांसदहरूलाई बताएका थिए । उनले कर लगाउने तर त्यो तिर्न सकिने र करको सदुपयोग गर्न सकिने किसिमको हुनुपर्ने बताएका थिए । सुनकको करीयर नै वित्तीय कन्जर्भेटिजममा आधारित छ । 

सुनकलाई कोकाकोला पिउन एकदमै मन पर्छ । विद्यालयका दुई विद्यार्थीहरूसँग कुरा गर्दै उनले भनेका थिए, ‘म कोकको लती हुँ, पूरै लती ।’ (कोक भन्नाले लागूऔषध कोकेन पनि बुझिन्छ।) । 

त्यो सुनेर विद्यार्थीहरू हाँसेका थिए । पछि सुनकले यसलाई स्पष्ट पारे, ‘कोकाकोलाको लती हुँ है ।’

उनले एउटा पेट्रोल पम्पमा कोकका लागि पैसा तिर्न खोज्दा सम्पर्करहित क्रेडिट कार्ड प्रयोग गर्न जानेका थिएनन् । 

सुनकको विवादसँग पनि नाता जोडिएको छ । टनब्रिज वेल्समा सम्बोधन गर्दै एकपटक सुनकले शहरका गरीबीग्रस्त क्षेत्रलाई लेबर पार्टीले दिएको बजेट धनी शहरहरूमा पठाउने गरी नीति परिवर्तन गरेको फुर्ती लगाएका थिए । त्यसो भन्दा उनी गरीबविरोधी व्यक्तिका रूपमा प्रस्तुत भएका थिए । 

विद्यार्थी हुँदा उनले वृत्तचित्र निर्माताहरूलाई आफ्ना सबै साथी अभिजात वर्गको भएको बताएका थिए । सबै उच्च वर्गका साथी भएको भन्दै कामकाजी वर्गको एउटा पनि साथी नसम्झिने उनको भनाइ थियो । 

सुनकले राजा चार्ल्स तृतीयलाई मंगलवारै भेट्ने कार्यक्रम छ । त्यसपछि उनी प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रीट पुगेर सम्बोधन गर्नेछन् । 

सुनकले आफ्नो कार्यकालमा अनेकौं संकटको समाधान गर्नुपर्ने चुनौती छ । कोभिडपछि सुस्त बनेको अर्थतन्त्रलाई रुस–युक्रेन द्वन्द्वले थप थिलथिलो पारेको छ । 

अहिले आम बेलायतीहरूलाई सामान्य जीवनयापन गर्न पनि धौधौ परिरहेको छ । बेलायती जनतालाई गरीबीको खाडलबाट निकाल्नका लागि सुनकले क्रान्तिकारी निर्णय लिनुपर्ने हुन्छ । 

तर जिन्दगीभरि धनीहरूसँग उठबस गरेका सुनकले गरीबको पीडालाई कत्तिको बुझ्छन् भन्ने प्रश्न ज्वलन्त छ । उनी जनतालाई गरीबीबाट जोगाउन भन्दा पनि राष्ट्रिय ऋण घटाउन जोड दिइरहेका देखिन्छन् । ऊर्जा उपयोगको महसुल सहज बनाउन परिवारहरूलाई सरकारले दिइरहेको सुविधा पनि उनले कटाउन खोजेको बुझिन्छ । 

वित्तीय विस्तार तथा ऊर्जा महसुलको प्रत्याभूति विना मूल्यवृद्धि आकासिनेछ र आर्थिक मन्दी गहिरिनेछ । ब्याजदर बढ्ने सम्भावना छ । 

मोर्गन स्ट्यान्ली कम्पनीका विश्लेषकहरूका अनुसार, घर किन्नका लागि काढिने ऋणको दर ६ प्रतिशतले बढ्न सक्छ अनि बिजुली र ग्यासको महसुल पनि चर्किरहेको छ । यस्तो अवस्थामा ४० प्रतिशत घरधनीहरूलाई घर किन्दाको ऋण तिर्नै महाभारत हुने देखिन्छ । 

द गार्डियन पत्रिकामा प्रकाशित हेलेन सलिभानको सामग्रीलाई लोकान्तरका लागि विन्देश दहालले अनुवाद गरेका हुन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x