×

NMB BANK
NIC ASIA

विदेशी फलफूलको प्रभाव बढ्दै

कात्तिक १०, २०७९

NTC
Premier Steels

यतिबेला फलफूल व्यवसायीहरूले तिहारलाई लक्षित गरी स्याउ, केरा, सुन्तला, मौसम, नरिबल आदि फलफूल स्वदेश तथा विदेशबाट उपत्यका भित्र्याउने गर्छन् । कालिमाटी, कुलेश्वर, बल्खु, जडीबुटी, एकान्तकुना, जोरपाटी, धु्रमवराहीलगायत काठमाडौं उपत्यकाको ठाउँ–ठाउँमा फलफूलका थोक बजार छन् । 

Muktinath Bank

काठमाडौं उपत्यकामा भित्रिने कूल फलफूलको ८० देखि ९० प्रतिशत कालिमाटी र कुलेश्वरको बजारमा जम्मा हुने गरेको सुनाउँछन् नेपाल फलफूल थोक व्यवसाय संघ, काठमाडौंका अध्यक्ष अम्मर बानियाँ । कुलेश्वरस्थित थोक बजारमा फलफूल मात्रै पाइन्छ । उनका अनुसार उपत्यकाभर र उपत्यका आसपासका जिल्लाका व्यवसायीले कुलेश्वरस्थित सोही बजारबाट फलफूल किनेर लाने गर्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्ष बानियाँ भन्छन्, ‘तिहारमा मुख्यगरी फलफूल स्याउ, सुन्तला, मौसम, केरा, नरिवलको खपत बढी हुने गर्दछ । हुनेखानेले किबी, अङ्गुर, ड्रागन फ्रुटलगायत महँगा फलफूल पनि किन्ने भएकाले त्यस्ता फलफूल पनि केही मात्रामा बिक्री हुने गर्छ ।’ हाल बजारमा व्यवसायीले भारतीय (कास्मिरी) चकलेटी स्याउ बढी मात्रामा बिक्री गरिराखेका छन् । यसको होलसेल मूल्य प्रतिकेजी १३० देखि १४० रुपैयाँ पर्छ भने नेपाली स्याउको मूल्य प्रतिकेजी १३० देखि १९० रुपैयाँसम्म पर्छ ।’


Advertisment
Nabil box
Kumari

तिहारको लागि भनेर पाँच दिनमा कास्मिरबाट चकलेटी स्याउ प्रतिगाडी २० टनका दरले ५० गाडी कुलेश्वर होलसेल बजारमा मात्र भित्रिने गरेको छ । अध्यक्ष बानियाँ भन्छन्, ‘२० टनको एउटा गाडीको लागत (भन्सार, भाडा, खरिद सबै जोडेर) नेपाली २० लाख रुपैयाँ खर्च हुन्छ । तिहारको लागि रु १० करोडको कास्मिरबाट चकलेटी स्याउ भित्रियो । त्यस्तै, चिनियाँ स्याउ २० करोड रुपैयाँको आएको छ । यसरी बाहिरबाट १० र २० करोड गरी ३० करोड रुपैयाँको स्याउ यसपटक भित्रियो । मनाङ, मुस्ताङलगायत जिल्लाबाट करिब तीन करोडको स्याउ उपत्यका भित्रिएको छ ।’

Vianet communication

अध्यक्ष बानियाँका अनुसार नेपालभर कूल स्याउ खपतको करिब १० प्रतिशत मात्रै नेपाली स्याउले स्थान पाएको बताउँछन् । उनको अनुमानका अनुसार रु १५ करोडको चिनियाँ स्याउ काठमाडौं उपत्यकामा मात्र खपत हुन्छ भने नेपाली, चिनियाँ र भारतीय गरी करिब २५ करोड रुपैयाँको स्याउ उपत्यकाका उपभोक्ताले खाने रहेछन् ।

त्यसैगरी नेपालमा केरा भारतबाट मात्र भित्रिन्छ । केराको बजार दुई महिनायता लगभग ३० प्रतिशत नेपाली र ७० प्रतिशत भारतीय रहेको बानियाँले बताए । उनका अनुसार भारतीय केराको लागत आठ लाख रुपैयाँ प्रतिगाडी पर्न जान्छ । तिहारका पाँच दिनमा मात्रै रु ४० करोड मूल्यको पाँच सय गाडी केरा भारतबाट भित्रिएको छ । सोही अवधिमा कुलेश्वर थोक बजारमा रु तीन करोडको नेपाली केरा भित्रिएको छ । 

पछिल्लो समय सरकारले किसानलाई प्रोत्साहन गर्न नेपाली केराको उत्पादन तथा बिक्री बढाउन भनेर विदेशी केरा प्रतितपत्र (एलसी) मार्फत मात्रै भित्र्याउन पाइने व्यवस्था गरेको छ । बजारमा नेपालीभन्दा भारतीय केरा महँगोमा भए पनि उपभोक्ताले किन्ने गर्छन् । सुनसरी, मोरङलगायत स्थानका केरा उतै खपत हुन्छ । त्रिवेणी, टिकापुर, महेन्द्रनगरका केरा उपत्यकामा भित्रिने गरेको छ । तर, त्यहाँबाट केरा ल्याउँदाल्याउँदै बाटैमा पाकिसक्छ । भारतीय केरा महाराष्ट्र, आन्द्राबाट तीन दिनमा आइपुग्दा पनि जस्ताको तस्तै हुन्छ ।

भारतीय केरा नेपाली बजारमा एक कोसा १० रुपैयाँमा बिक्री हुँदा नेपाली केरा मुस्किलले ४–५ रुपैयाँमा बिक्री हुने गरेको दुखेसो बानियाँको छ । ‘अहिले भारतीय १५ टन केराको एउटा गाडी तीन लाख ढुवानी र एक लाख भन्सार गरी चार लाख रुपैयाँ तिरेपछि नेपाल आइपुग्छ । हाम्रो गाडीको ५० हजार मात्रै ढुवानी पर्छ’, उनले भने । 

व्यावसायिक खेतीलाई जबसम्म प्रोत्साहन गरिँदैन तबसम्म नेपालमा भारतीय केरा विस्थापित नहुने बताउँदै बानियाँ भन्छन्, ‘भारतीय केरा हेर्दा मिलेको राम्रो, ठूलो, मोटो हुन्छ । उनीहरूको केरा हेर्दै किनौंकिनौं लाग्ने प्याकेजिङ, ग्रेडिङ सबै राम्रो मिलेको हुन्छ र खाँदा पनि स्वादिलो छ । तर, नेपाली केरा खाँदा स्वादिलो भए पनि हेर्दा राम्रो देखिँदैन र लापर्वाहीका कारण बजारमा गिलो र दाग भएका हुन्छन् जसले गर्दा उपभोक्ताले बढी मूल्य तिरेरै भए पनि राम्रो नै किनेर लाने गर्छन् ।’

त्यसैगरी तिहारको लागि कुलेश्वर थोक बजारमा मात्रै भारतबाट पाँच करोड मूल्यको सुन्तला भित्रिएको छ भने मौसम तीन करोड रुपैयाँको भित्रिएको बानियाँले जानकारी दिए । उनका अनुसार अहिले नेपालको सुन्तलाको याम शुरु नभइसकेकाले बजारमा नेपाली सुन्तलाको बिक्री शून्य छ । त्यस्तै लक्ष्मी पूजा गर्नको लागि नरिवल दुई करोडको भित्रिएको छ । यसरी तिहारमा चाहिने मुख्यमुख्य पाँच÷छ थरिका फलफूल सो बजारमा मात्रै रु ७५ करोडको आयात भएको भन्दै उनले भने, ‘तिहारमा मात्रै कूल आयात हेर्ने हो भने कुलेश्वर बजारमा मात्रै रु ७५ करोडभन्दा बढीको व्यापार हुन्छ ।’

यतिबेला भारतीय हलुवावेद बजारमा छ्याप्छ्याप्ती छ । त्यस्तै काँचै खान मिल्ने जापानी हलुवावेद पनि बजारमा पर्याप्त मात्रामा छ । अध्यक्ष बानियाँका अनुसार पहिला इटालीबाट भित्र्याइने किबी अहिले चेचेनीयाको किबीले नेपाली बजार लिएको छ । पछिल्लो समयमा नेपालमा पनि किबी उत्पादन हुन थालेपछि अब विस्तारै बाहिरको किबी विस्थापित हुनेमा उनी विश्वस्त छन् । नेपाली किबीको साइज एकनासको नहुने, सानो–ठूलो सबै एकै ठाउँमा प्याकिङ गरिदिने गर्दा बजारमा विदेशी किबीको प्रभाव बढ्ने देखिन्छ ।  

त्यसैगरी नेपाली बजारमा पाइने ड्रागन फ्रुट भियतनामबाट भित्रिएको हो । अध्यक्ष बानियाँ भन्छन्, ‘बिडम्बना भियतनामबाट यहाँ आएको ड्रागन फ्रुट २५० देखि ३०० रुपैयाँ किलो पर्छ तर नेपालमा उत्पादन भएकालाई ५०० रुपैयाँ केजीको पर्छ । हेर्दा उनीहरूको राम्रो भए पनि नेपाली ड्रागन फल मीठो छ तर उपभोक्ताले यो कुरा बुझ्दैनन् । भाडा, भन्सार आदि सबै तिरर यहाँ आइपुग्दा पनि भियतनामको ड्रागन फ्रुट केजीको २५० रुपैयाँमा पाइन्छ । नेपाली ड्रागन फ्रुट भने थोक बजारमै केजीको ५०० रुपैयाँ पर्छ ।’ उनका अनुसार किसानलाई दक्ष प्राविधिक ज्ञान नदिएसम्म नेपाली उत्पादन बिक्री हुन गाह्रो हुन्छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २२, २०८०

 गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय माइक्रो बस सञ्चालनमा ल्याएको छ । गुल्मीदेखि बुटवल हुँदै सुनौलीसम्म १० वटा इलेक्ट्रिक भेइकल सञ्चालनमा ल्याएको हो ।   बिहीबार जिल्ला समन्वय समिति गुल्मीक...

मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

चैत २५, २०८०

जापानको सर्वोत्कृष्ट पेन्ट केएनपी नेरोलेक पेन्टले हालै मात्र नेपालमा दुई नयाँ पेन्ट सार्वजनिक गरेको छ । आफ्ना सम्पूर्ण अधिकृत विक्रमहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरी कम्पनीले आफ्ना दुई नयाँ पेन्ट सार्वजनिक गरे...

चैत २५, २०८०

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको शुरूवाती मूल्य योजना समाप्त भएको जनाएको छ । सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको ...

मंसिर १८, २०८०

अपाङ्गता भएका व्यक्तिहरूको ३२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषले सम्मान गरेको छ । उक्त सम्मान शहरी विकासमन्त्री सीता गुरुङले आइतवार हस्तान्तरण गरेकी हुन् । गत ...

मंसिर ३०, २०८०

विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल विस्तारलाई तीव्रता दिएका लुभरे होटल ग्रप, गोल्डेन टुलिप ब्रान्डमा सरोबर होटल एण्ड रिसोर्ट्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालनमा आउने भएको छ । आगामी वर्षदेखि सञ्चा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x