२६ असार २०८३, शुक्रबार

१० खानेकुरा जसले निकाल्छ रगतमा जम्मा भएको विकार

कात्तिक १०, २०७९
१० खानेकुरा जसले निकाल्छ रगतमा जम्मा भएको विकार

शरीरमा रगतको महत्त्वको विषयमा सबै जानकार छन् । तर आजकलको खराब जीवनशैली र जंक फूड सेवनका कारण मानिसहरूको रगत शुद्ध छैन ।

रगत सफा नहुँदा अनेकथरी रोगले सताउँछन् । यहाँ हामी १० वटा त्यस्ता खानेकुराको चर्चा गर्दैछौं जसको सेवनले रगतलाई सफा राख्न मद्दत गर्छ । 

बुर्काउली

सलादमा बुर्काउली पनि राखेर खाने गर्नुस् । रगत सफा गर्न यो असरदार छ । 

सक्खर

सक्खर खाँदा पाचनप्रणाली सही रहन्छ र रगतको अशुद्धि पनि हराउँछ । यसमा आइरन हुन्छ जसले शरीरमा रगतको कमी हुन दिँदैन । 

रातो खुर्सानी

रातो खुर्सानीको सेवनले शरीरमा विषाक्त पदार्थ हटाउँछ । यसले हृदयघातको सम्भावनालाई पनि रोक्छ । 

कागती

कागतीमा भिटामिन र मिनरल्स हुन्छन् जसले रगतलाई विषाक्तरहित बनाउँछन् । यसले शरीरको प्रणालीलाई पनि सुधार्छ । 

बेसार

सुत्नुअघि एक गिलास दूधमा बेसार राखेर पिउनुभएमा रगत शुद्ध हुन्छ । यसले रातो रक्तकोशिका बनाउन पनि सहायता गर्छ । 

गाजर

गाजर खाँदा वा त्यसको जुस पिउँदा रगत शुद्ध हुन्छ । यसले शरीरमा रगतको कमी हुन दिँदैन र रोगहरू पनि हटाउँछ । 

बीटरूट

बीटरूट वा चुकन्दरमा भएका नाइट्रेट र एन्टीअक्सिडेन्टले शरीरलाई विषरहित बनाउँछ । 

एभोकाडो 

रगतमा जमेको विषाक्त पदार्थले धमनीहरूलाई कमजोर बनाउँछ । एभोकाडोको सेवनले रगत सफा गर्छ र विषाक्त पदार्थलाई निकाल्न सघाउँछ । 

हरियो सागपात

नियमित रूपमा हरियो सागपात खाँदा रगत सफा हुन्छ र विषाक्त पदार्थ बाहिर निस्कन्छ । 

तुलसी

तुलसीको पातमा एन्टिबायोटिक गुण हुन्छ । यसले रगत सफा गर्छ र शरीरमा रक्तसञ्चारलाई बढाउँछ । बिहान खाली पेट दुई पत्ता तुलसी चपाउने गर्नुस् । 

salt training

कमेन्ट गर्नुहोस्