
लमजुङमा डेंगुका कारण पत्रकारको निधन भएको छ ।
रेडियो भोटेवडार ९०.८ मेगाहर्ज लमजुङकी समाचारवाचिका चाँदनी अधिकारीको डेंगुका कारण निधन भएको हो ।
प्रेस सेन्टर नेपाल लमजुङ जिल्ला समितिकी सचिव समेत रहेकी अधिकारीको निधन भएको सेन्टरका केन्द्रीय महासचिव सन्तोष पौडेलले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।
डेंगु संक्रमणका कारण चितवनमा उपचाररत रहेका बेला बुधवार बिहान अधिकारीको निधन भएको जनाइएको छ ।