२७ असार २०८३, शनिबार

नबिल ब्यालेन्स्ड फन्ड–२ र इक्विटी फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

कात्तिक १७, २०७९
नबिल ब्यालेन्स्ड फन्ड–२ र इक्विटी फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश सुरक्षित गर्ने आज कात्तिक १७ गते अन्तिम दिन रहेको छ । नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल इक्विटी फन्डको आर्थिक वर्ष २०७८÷७९ का लागि घोषित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । योजनाका लाभांश वितरणको लागि कम्पनीको भोलि कात्तिक १८ गते शुक्रवार बुक क्लोज हुने छ । 

योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङले नबिल ब्यालेन्स्ड फन्ड–२ का इकाइधनीहरूलाई ७ प्रतिशत (करसहित) नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । 

यसैगरी नबिल इक्विटी फन्डका इकाइधनीहरुलाई ५ प्रतिशत (करसहित) नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । साथै नबिल म्यूचल फण्डले नबिल फ्लेक्सी क्याप नामक ७ करोड  ५० लाख इकाइ भएको खुलामुखी योजनाको इकाइहरूको यही कात्तिक २३ गतेदेखि बिक्री खुला गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्