
बलिउड कलाकार वरुण धवन टेलिभिजन कार्यक्रममा रोएका छन् ।
भारतीय टेलिभिजन आजतकको कार्यक्रम इन्डिया टुडे कन्केभमा अन्तर्वार्ता दिँदै उनले महामारीका क्रममा साथी गुमाउनुपर्दा आँसु खसालेका छन् ।
उनी फिल्म ‘भेडिया’को प्रमोसनका लागि टेलिभिजनमा आएका थिए । महामारीको भोगाइबारे सोधिएको प्रश्नको जवाफ दिँदै उनले साथी मनोजलाई गुमाउनुपर्दा दुःख व्यक्त गरे ।
वरुणले मनोजले आफूसँग २६ वर्ष काम गरेको स्मरण गरे । उनले मनोजलाई गुमाएको पीडा हालसम्म कतै पनि व्यक्त नगरेको जनाएका छन् । कोरोना महामारीका बेला संक्रमणमुक्त भएपछि मनोजलाई हृदयघात भएर निधन भएको उनले बताए ।