
बलिउड अभिनेत्री दिशा पटानीले तालिमको क्रममा कंक्रीटको छतबाट खसेर टाउकोमा चोट लागेको बताएकी छन् ।
साथै उनले आफूले सो समयमा करिब ६ महिनासम्म स्मरणशक्ति गुमाएको खुलासा गरेकी छन् ।
दिशाले भारत फिल्मको सुटिङका क्रममा जिम्न्यास्ट खेल्ने क्रममा यो घटना भएको बताएकी छन् ।
दिशा पटानी आफ्नो फिटनेसलाई लिएर निकै गम्भीर छिन् ।