×

X
Nic Asia
Dabur
Prabhu Bank
Khukuri

चुनावी रिपोर्टिङमा जे देखियो..

नेताज्यूहरू माफ गर्नुस्, यो चुनाव तपाईंहरूको आखिरी चिट्ठा हुनसक्छ !

कास्की | कात्तिक २१, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

१८ कात्तिकको बिहान ८ बजे काठमाडौंबाट निस्केका हामी नागढुंगा पुग्नासाथ जाममा पर्‍यौं । त्यो जाम मलेखु नपुगुञ्जेल पूर्णरूपमा खुलेन । मलेखुबाट अघि बढेपछि मात्र चालक दाइको अनुहारमा चमक देखियो, किनभने त्यसअघि सरर गाडी हाँक्न नपाएकोमा उनी खिन्न थिए ।

yONNEX
LAxmi BAnk
nabil BANK inside

हाइवेको दायाँबायाँ पर्ने खेतमा धान पाकेर पहेंलपुर छ । धानबाली स्याहार्न कृषकलाई भ्याइनभ्याइ छ । कृषक धानबाली भित्र्याउन व्यस्त छन् भने हाइवेका विभिन्न भागमा माइकिङ चलिरहेको छ । विभिन्न दलका नेता कार्यकर्ता चुनावी प्रचारमा व्यस्त देखिन्छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

बेनीघाटमा खाना खाएपछि चितवन पुग्दा दिउँसोको १ बज्यो । हामी सरासर एमाले उपाध्यक्ष एवं चितवन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुरेन्द्र पाण्डे भएतिर लाग्यौं । उनीसँग भेटघाटको कार्यक्रम पहिल्यै तय भएकाले हामी चितवनको खैरहनी नगरपालिकामा पर्ने पर्सा बजारमा पुग्यौं ।

पाण्डेसँग एमाले पार्टी सम्पर्क कार्यालयमा भेट्ने तय भयो । यसपटकको हाम्रो चुनावी रिपोर्टिङको मुख्य ध्यान जहाँ पुराना र नयाँ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ, त्यसमा बढी केन्द्रित छ । छोटो कुराकानीका लागि हामीले पाण्डेलाई अनुरोध गर्‍यौं । उनी निकै व्यस्त रहेछन् । तै पनि समय निकालेर कुरा गर्न तयार भए ।


Advertisment
cg elex island
Saurya island

पाण्डेलाई सहकर्मी सुशील पन्तको पहिलो प्रश्न थियो, ‘तपाईं पटक–पटक यहाँबाट जितेको नेता । यसपटक पनि चितवन– १ का जनताले तपाईंलाई नै जिताउनुपर्ने कारण के हो ?’

सहकर्मी पन्तको प्रश्न सामान्य थियो । तर पण्डेको जवाफचाहिँ एकदमै खँदिलो र पेचिलो आयो, जुन हामीले अपेक्षा गरेभन्दा बिल्कुल फरक थियो ।

Vianet communication
IME BANK INNEWS

प्रश्न सुन्नासाथ उनले नयाँ उम्मेदवार र पुराना उम्मेदवारबीच के फरक छ, किन पुराना नेताको सान्दर्भिकता अझै सकिएको छैन, पुराना नेता किन खराब छैनन् भनेर लामो व्याख्या गरे ।

उनीहरूसँग गरेको कुराकानीको आधारमा मैले निकालेको निष्कर्ष छ, यसपटक पुराना पार्टीका शीर्ष नेताहरूले प्राविधिकरूपमा मात्र जीत निकाल्दै छन् । यही अवस्था कायम रहे अर्को चुनावमा निकै गाह्रो पर्नेछ । करीब–करीब उनीहरूको राजनीतिक यात्रामा नै पूर्णविराम लाग्न सक्छ ।

पाण्डे बोलिरहेका थिए, सुशील र म एकअर्कालाई हेर्दै तिनछक परिरहेका थियौं । पाण्डे बोलिरहे । हामीले बीचमै रोकेनौं । पहिलो प्रश्नको जवाफ दिनमै उनले झण्डै ५ मिनेट खर्चिए । त्यो ५ मिनेटमा उनले पुराना उम्मेदवारको महत्त्व, सान्दर्भिकता, अनुभव र आवश्यकतामा मात्र जोड दिए । खासमा उनलाई नयाँ र पुराना उम्मेदवारबीच तुलना गर्ने गरी प्रश्न नै सोधिएको थिएन । 

शुरूको प्रश्नको जवाफ टुङ्ग्याउँदै पाण्डेले भने, ‘हेर्नुहोस्, अहिले पुराना पार्टीका पुराना नेताप्रति जुन आक्रोश छ, त्यो यहाँ चितवन १ मा मात्र होइन, देशैभरी पोखिएको छ । खासमा यहाँका जनता त मसँग खुशी नै छन् तर पुराना नेताले केही गरेनन् भनेर असन्तुष्टि पोख्ने प्रवृत्ति देशैभरी छ । त्यसको असर यहाँ पनि पर्नु स्वाभाविकै हो ।’

पाण्डेका प्रतिस्पर्धी गठबन्धनबाट विश्व पौडेल छन् । राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएपछि चुनावमा होमिएका पौडेलसँग यसअघि चुनाव लडेको अनुभव छैन । उनी नयाँ उम्मेदवार हुन् । त्यसैले पाण्डेको क्षेत्रमा नयाँ र पुराना उम्मेदवारको चर्चा हुनु स्वाभाविक छ । शायद त्यही चर्चा सुन्दासुन्दा आजित भएकाले हुनसक्छ, पाण्डेले पुराना उम्मेदवारको सान्दर्भिकताका सवालमा त्यत्रो समय खर्चिनुपरेको ।

आदरणीय पाठकवृन्द, 

यो आलेखमा म पाण्डेले कोट्याएको त्यही नयाँ र पुराना नेताका सवालमा मतदाताले व्यक्त गरेको आक्रोश, टिप्पणी र त्यसले संकेत गर्ने भविष्यको नेपाली राजनीतिका बारेमा केन्द्रित हुनेछु ।

करीब एक करोड ८० लाख मतदाता रहेको नेपालको चुनाव यसअघिका भन्दा धेरै कारणले रोचक र महत्त्वपूर्ण बनेको पाइयो । रोचक हुनुको प्रमुख कारण हो, यसपटक धेरै ठाउँमा स्वतन्त्र उम्मेदवारहरूको उम्मेदवारी र उनीहरूका कारण पुराना पार्टीका पुराना नेताहरूले भोग्नुपर्नेको सास्ती ।

पुराना नेता भ्रष्ट भए । तिनले केही गरेनन् । गरीबका समस्या सम्बोधन गरेनन् । रोजगारी सिर्जना, विकास निर्माण र जनताको दैनिकीसँग गाँसिएका समस्या हेरेनन् भनेर लगाइने पुरानै आरोप हो ।

यस्तो आरोप धेरै वर्षदेखि लाग्दै आए पनि मतदाताले तिनै पुराना नेतालाई चुनावमा खुरुखुरु जिताउँदै आएका थिए ।

त्यसैले पुराना नेताहरूमा चुनावका बेला मतदातालाई पेलपाल गरेर, फकाएर जितिहालिन्छ नि भन्ने दम्भ देखिँदै आएको थियो ।

चितवनमा भेटिएका अटो चालक

गएको स्थानीय निकायको चुनावमा काठमाडौं महानगरपालिका, धरान र धनगढी उपमहानगरपालिका जस्ता ठाउँमा उदाएका स्वतन्त्र उम्मेदवारको तरंग यसपटकको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा देशैभर भुसको आगोसरी फैलिएको रहेछ ।  

चुनाव जित्नका लागि अनेक आश्वासन बाँड्ने तर चुनाव जितेपछि जनताका समस्या समाधानमा पटक्कै ध्यान नदिने, अर्को चुनाव नआउञ्जेल फर्केर जनताको दैलोमा नपुग्ने पुराना नेता (यद्यपि सबै होइनन्) लाई यसपटक मतदाता फेस गर्न निकै गाह्रो परेको देशैभर स्पष्ट देख्न सकिन्छ । चितवन, गोरखा, तनहुँ र कास्कीको चार दिने चुनावी रिपोर्टिङको अनुभवले के भन्छ भने यसपटक पुराना दलका नेताहरूको मुटुमा नराम्ररी ढ्याङ्ग्रो ठोकिएको छ ।

त्यही ढ्याङ्ग्रो ठोकाइको असर थियो– कुराकानीको शुरूमै एमाले नेता पाण्डेले पुराना उम्मेदवार र नयाँ उम्मेदवारबारे गरेको लामो व्याख्याको पृष्ठभूमि । यद्यपि पाण्डे समकालीनमध्ये निर्विवाद छवि भएका नेतामा गनिन्छन्, र उनले आफ्नो निर्वाचन क्षेत्रमा थुप्रै काम पनि गरेका रहेछन् ।

नयाँ उम्मेवदारहरूप्रति देखिएको मतदाताको आकर्षण र पुराना नेताहरूप्रति देखिएको आक्रोशले पुराना उम्मेदवारहरू आजित भएको यत्रतत्र देखियो । 

चितवनदेखि कास्कीसम्म आइपुग्दा मैले २०० जना जति मतदातासँग प्रत्यक्ष कुराकानी गरेँ । तीमध्ये ९० प्रतिशतले पुराना उम्मेदवारप्रति आक्रोश पोखे । नयाँ उम्मेदवारलाई चाहिँ शंकाको सुविधा दिए ।

उनीहरूसँग गरेको कुराकानीको आधारमा मैले निकालेको निष्कर्ष छ, यसपटक पुराना पार्टीका शीर्ष नेताहरूले प्राविधिकरूपमा मात्र जीत निकाल्दै छन् । यही अवस्था कायम रहे अर्को चुनावमा निकै गाह्रो पर्नेछ । करीब–करीब उनीहरूको राजनीतिक यात्रामा नै पूर्णविराम लाग्न सक्छ ।

पत्रकारितामा लागेको दुई दशकभन्दा बढीको समयावधिमा मैले गरेको चुनावी रिपोर्टिङमा यस्तो वातावरण कहिल्यै देखेको थिइनँ, जुन अहिले देख्दैछु ।

यसपटकको चुनावी रिपोर्टिङ (जुन जारी नै छ) बाट मैले निकालेको निष्कर्ष मतदातासँग गरेको कुराकानीका आधारित छ ।

कुराकानी गर्दा मैले मताधिकार भएका नयाँ पुस्ताका युवायुवती, गृहिणी, सडक किनारामा पसल गर्ने गरीब र मजदुर (जो मतदाता हुन्), किराना पसल चलाउने महिला/पुरुष, जागिर गर्ने महिला/पुरुष, अटोरिक्सा चलाउने मजदुर लगायतलाई छानेको थिएँ । 

कुराकानी गर्न म गरीब र सुकुम्वासीहरू बस्ने बस्तीमा समेत पुगेको थिएँ । सकभर कुनै राजनीतिक दलसँग प्रत्यक्ष या अप्रत्यक्ष सम्बन्ध वा झुकाव राख्ने व्यक्ति नपरोस् भनेर सजग भएको थिएँ । मैले कुराकानी गरेकामध्ये केही प्रतिनिधिमूलक पात्रको भनाइ (सकभर निर्वाचन आचारसंहिता उल्लंघन नहोस् भनेर सजगता अपनाउँदै) यहाँ उल्लेख गर्न चाहन्छु :

‘ ....धेरै कुरा छोड्नुस्, मेरो मन कुँडिएको छ । अब पुरानो गल्ती दोहोर्‍याउँदिनँ । यसपटक नयाँ प्रयोग हुन्छ, चुनावका दिन,’ चितवन मेडिकल कलेजको गेटअगाडि एक मेडिकल पसलमा काम गर्ने अन्दाजी २२ वर्षका सागर पराजुलीले प्रस्टै बुझिने भाषामा संकेत गरे । 

‘विगतमा जसलाई भोट हालियो, उनीहरूबाट काम भएन । हाम्रा गुनासा सुनिएनन् । पश्चताप भएको छ । यसपटक पुरानो गल्ती दोहोर्‍याउँदिनँ । कम्तीमा चमत्कारै गर्न नसके पनि अहिलेकाले जस्तो लुट्न त नलुट्लान् नि,’ भरतपुर– १० मिलनचोककी सरिता घिमिरेले भनिन् ।

‘वर्षौंदेखि मैले आदर्श ठानेर भोट दिँदै आएको चुनाव चिह्नमा यसपटक मेरो हात जाँदैन । बजारमा जसको चर्चा छ, उसैले केही गर्छ कि भन्ने आशा छ । त्यसैले यसपटक भोट उसैलाई,’ भरतपुर दियालोरोडका विकास क्षेत्रीले सुनाए, ‘हाम्रो परिवारमा २१ जना मतदाता छन् । विगतमा हामीले गलत गरेछौं । उनीहरूले हाम्रो शोषण गरे । यो चुनावमा त्यो गल्ती नदोहोर्‍याउने । अब २१ जनाकै भोट यसअघि परीक्षण नगरेको चुनाव चिह्नमा जानेछ ।’ क्षेत्रीले २१ जनाको भोट कसलाई जान्छ भनेर स्पष्ट भाषामा संकेत गरे । उनले भोट हाल्ने उम्मेदावारको नामै पनि किटे (जुन आचारसंहिताका कारण यहाँ उल्लेख गर्न सम्भव भएन) ।

‘तिनलाई जिताएर के भो ? सडकमा चारथरी कर तिर्नुपर्छ । मेरा भाइ, भतिजा सबै खाडी मुलुक जान बाध्य भए । कुन दिन बाकसमा फर्कने हुन् कि घाइते भएर आउने हुन्, ठेगान छैन । रहरले कोही ४० डिग्रीको घाममा काम गर्न खाडी छिर्छ ? तिनै फटाहा नेताका कारण होइन ?’ नारायणघाटको पोखरा बसपार्कमा भेटिएका नारायण पौडेलले आक्रोशित हुँदै भने, ‘पार्टीसाटी हेरिन्न अब । व्यक्ति हेर्ने हो, त्यो पनि केही आशा भएको ।’

चितवनमा हामीसँग कुरा गर्नेमध्ये धेरैले मतदानको एकदुई दिनअघि पैसा लिएर नेताहरू भोट माग्न आउन सक्ने संकेत गरे । ‘पैसा दिए भने लिने हो, तर भोटचाहिँ पुरानालाई मरे दिइन्नँ,’ हामीसँग कुरा गर्नेमध्येका एकले भने ।

चितवनमा पोखिएको पुराना दल र तिनका नेताहरूप्रतिको आक्रोश तनहुँ, गोरखा र कास्कीमा पनि उस्तै देखियो । कास्कीमा त हामीले अचम्मको घटना भोग्यौं ।

वर्षौंदेखि कुनै ठूलोमध्येको एउटा राजनीतिक दललाई समर्थन गर्दै आइरहेको परिवारका सदस्यहरूमध्ये घरमूलीले हामीलाई चुनावी माहोल बताउँदै गर्दा उनकै परिवारका आफन्तले हामीसँग आएर भने, ‘होइन, होइन, यसपटक नयाँको चर्चा छ । पुरानाले के गरे र फेरि उनैलाई जिताउने ? अब स्वाद फेर्नुपर्छ ।’ घरकै सदस्यले घरधनीको कुरा काटेपछि हामीसँग गफिँदै गरेका जेष्ठ सदस्य पनि एकछिन ट्वाँ परे ।

चितवनका मतदातासँग गरेको कुराकानीले स्पष्ट संकेत गरेको छ– यसपटक त्यहाँको मत परिणाममा उलटपलट हुने अनुमान गर्न सकिन्छ । काठमाडौंमा बसेर गरिने विश्लेषण फेल खाने अवस्था देखिएको छ ।

टंकप्रसाद रेग्मी

गोरखा क्षेत्र नं. २ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको उम्मेदवारीका कारण यसपटक प्रमुख चर्चामा छ । गोरखा क्षेत्र नं. २ को छेवेटारका टंकप्रसाद रेग्मी हामीसँग कुरा गर्दा भक्कानिए । ७० वर्ष उमेर नाघिसकेको बताउने उनी आफूले रोजेको र माया गरेको पार्टीको चुनाव चिह्नमा भोट हाल्न नपाउने भएँ भनेर बोल्दाबोल्दै भक्कानिएका थिए ।

हाम्रो सम्पर्कमा आएका मतदाताले मूख्यतः यी तीन कारण देखाउँदै आफूहरू आउँदो चुनावमा नयाँ प्रयोग गर्ने निर्णयमा पुगेको बताए । युवायुवतीदेखि वृद्धवृद्धा र मजदुरदेखि पढेलेखेका मतदाता, जसलाई भेटे पनि उनीहरूको आक्रोश एउटै छ, विगतमा जितेर गएकाले केही गरेनन् । कुराकानी क्रममा अत्यन्त्तै फोहोर र घीनलाग्दा शब्द प्रयोग गरेर नेतालाई गाली गरे, जुन यहाँ उल्लेख गर्न समेत सकिन्न ।

‘विगतमा हामीलाई दिएको दुःख, यातना बिर्सेका छौं र ? अहँ कुनै पनि हालतमा मेरो हात अर्को चिह्नमा जाँदैन । ज्यान जाला भोट हाल्दिनँ ।’ यति भन्दै गर्दा उनका आँखा रसाए । 

आफूले विगतमा चुनेर पठाएका पुराना उम्मेदवारलाई भोट नहाल्ने बताउने मतदाताले त्यस्तो निर्णय लिनुका पछाडि मूलतः तीन कारण रहेको खुलाए ।

कारण नं. १ : भ्रष्टाचार र लूटतन्त्र । उनीहरूका भनाइमा पुराना पार्टीका नेताहरू भ्रष्ट छन् । कुरा आदर्शका गर्छन्, तर व्यवहारमा भ्रष्टाचार गर्छन् । 

कारण नं. २ : पुराना नेताहरूले गुण्डा, ठेकेदार, बिचौलिया, व्यापारी र ठगहरूलाई पार्टीमा अवसर दिएका छन् । इमान्दार नेता कार्यकर्तालाई अवसरबाट वञ्चित गरेका छन् ।

कारण नं. ३ : पुराना उम्मेदवारले पार्टीमा उनीहरूका छोरा, छोरी, श्रीमती, ज्वाइँ, भाञ्जा, साला र सालीलाई अवसर दिएका छन् । योग्य, पढेका विज्ञहरूले राजनीतिमा कुनै अवसर पाउँदैनन् । 

हाम्रो सम्पर्कमा आएका मतदाताले मूख्यतः यी तीन कारण देखाउँदै आफूहरू आउँदो चुनावमा नयाँ प्रयोग गर्ने निर्णयमा पुगेको बताए । युवायुवतीदेखि वृद्धवृद्धा र मजदुरदेखि पढेलेखेका मतदाता, जसलाई भेटे पनि उनीहरूको आक्रोश एउटै छ, विगतमा जितेर गएकाले केही गरेनन् । कुराकानी क्रममा अत्यन्त्तै फोहोर र घीनलाग्दा शब्द प्रयोग गरेर नेतालाई गाली गरे, जुन यहाँ उल्लेख गर्न समेत सकिन्न ।

झट्ट सुन्दा मतदाताका यी आवाज सामान्य लाग्न सक्छन्, तर गम्भीर भएर विश्लेषण गर्ने हो भने मतदाताका यी आवाजभित्र धेरै अर्थ लुकेका छन् । मतदातामा आएको यो चेत र परिवर्तनले पुराना पार्टीका भ्रष्ट उम्मेदवारको पसल बन्द हुने संकेत मात्र गर्दैन, अबका केही वर्षमा नेपाल र नेपालीको भविष्यको पनि संकेत गर्छ । अहिलेलाई यत्ति भनौं, सच्चिएनन् भने नेपालका पुराना पार्टीका पुराना उम्मेदवार यसैपटक या आउँदो चुनावबाट बढारिने निश्चित छ ।

hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
पुस १९, २०७९

विकास र सुशासन राजनीतिक जिम्मेवारी, उत्तरदायित्व र कर्तव्यका विषय हुन् । विकासको चाहनाको परिपूर्ति र सुशासनको अभ्यास राजनीतिक दृष्टिकोण र तहबाट नै सम्पादन हुने गर्दछन् । राज्यका सबै क्रियाकलापहरूको व्यवस्थापनका...

पुस १३, २०७९

नयाँ सरकार गठनको प्रक्रिया जारी रहेको समयमा नेपाली राजनीतिमा एकाएक नाटकीय उतारचढाव आयो । कारण कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी लगायतको सहयोगमा माओवादी केन्द्रका अध्यक्ष प...

पुस १५, २०७९

ब्राजिलका महान् फूटबलर पेलेको गएराति ८२ वर्षको उमेरमा निधन भएको छ । उनी र उनको परिवारप्रति हार्दिक श्रद्धा सुमन छ । पेलेजस्तो महान् खेलाडीको नाम राजनीतिमा घुसाउन त नहुने हो तर नेपाली राजनीतिका पेले भनेर पगर...

पुस १४, २०७९

करीब डेढ महिना अगाडिको कुरा हो । मुलुकमा चुनावी माहोल जोडतोडले तातेको थियो । चिया पसलदेखि चोकसम्म जताततै चुनावी चर्चा सुनिन्थ्यो । चुनावले नछोएको शायदै कोही हुँदो हो ।  एकदिन घरबाट निस्किएर &lsq...

पुस १४, २०७९

आजभोलि सरकारहरू नागरिक सेवा कसरी छिटोछरितो र स्तरीय बनाउने भन्ने तनावमा छन् । यसका लागि सेवाग्राही र सरकारभित्रैबाट पनि व्यापक दबाब छ । लोकतन्त्रको प्रियता, नागरिक चेतना र सूचना प्रविधिको निरन्तर विकासका क...

माघ १, २०७९

आयुर्वेद र योग प्राचीन पूर्वीय धरोहर हुन् । मानव सभ्यतादेखि नै मनुष्यको स्वस्थ रक्षाका निमित्त अझ भन्नुपर्दा धर्म, अर्थ, कामको पूर्ति र मृत्युपश्चात मोक्ष प्राप्तिको वर्णन यी दुवैमा पाइन्छ । यिनीहरूमा निर्दिष्ट गरिएका ...

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

माघ ८, २०७९

जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...

ad
x