×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

चुनावी ‘ग्राउन्ड जिरो’ रौतहट– १ : माधव नेपाल भर्सेस अजय गुप्ता, कसले मार्ला बाजी ?

कात्तिक २१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको फिर्तीले रौतहट क्षेत्र नम्बर १ को चुनावी माहोल तातेको छ । यो माधव नेपालले पहिले चुनाव लड्ने गरेको क्षेत्र हो ।

Sagarmatha Cement
Muktinath Bank

२०७० सम्म उनले काठमाडौं र रौतहट दुवै ठाउँबाट चुनाव लड्थे । २०७४ मा वाम गठबन्धन हुँदा काठमाडौं– २ बाट प्रतिस्पर्धा गरेका नेपाल यसपटक रौतहट फर्किएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिले उनले लिँदै आएको चुनाव चिह्न सूर्य अहिले अजय गुप्तासँग छ । एमालेबाट विभाजन गरी अर्को दल बनाएका नेपाल कलम चिह्न लिएर मैदानमा छन् । गुप्ता एमालेका उम्मेदवार हुन् ।


Advertisment
Nabil box
Kumari

गुप्ता र नेपालको यो भेट पहिलो भने हैन । २०७० सालमा सम्पन्न संविधानसभाको दोस्रो चुनावमा गुप्ताले नेपाललाई निकै कडा टक्कर दिएका थिए । गुप्तासँगको ‘नेक टु नेक’ प्रतिस्पर्धामा नेपाल विजयी भएका थिए । नेपाल एमाले र गुप्ता विजय गच्छदारले नेतृत्व गरेको तत्कालीन लोकतान्त्रिक फोरम नेपालबाट उम्मेदवार थिए ।

Vianet communication
Laxmi Bank

२०७४ सालको स्थानीय चुनावमा साबिक राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट गुप्ता गौर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । तर २०७९ सालको स्थानीय चुनावमा भने पुनः एकपटक मेयरमा लड्दा उनी पराजित भएका थिए । नेकपा एकीकृत समाजवादीका शम्भु साह उनलाई पराजित गरी मेयर निर्वाचित भएका छन् ।

उक्त क्षेत्रमा गौर नगरपालिका, राजदेवी नगरपालिका, माधवनारायण नगरपालिका, यमुनामाई गाउँपालिका र दुर्गा भगवती गाउँपालिका पर्छन् । ती सबै पालिकामा सत्ता गठबन्धनमा आबद्ध दलले नै चुनाव जितेका छन् । 

गौर नगरपालिकामा नेकपा एसका शम्भु साह मेयरमा निर्वाचित छन् भने राजदेवी नगरपालिकामा पनि नेकपा एसकै भिखारी यादवले जितेका छन् । माधवनारायण नगरपालिकामा नेपाली कांग्रेसका बैजु यादव विजयी भएका छन् भने दुर्गा भगवती गाउँपालिकामा नेकपा माओवादी केन्द्रका शम्भु सिंहले जितेका छन् । यमुनामाई गाउँपालिकामा लोसपाका मोहम्मद साउदले जीत हासिल गरेका छन् । 

स्थानीय तहको मतपरिणाम अनुसार उक्त क्षेत्रमा सत्ता गठबन्धनको कुल ५६ हजार मत छ भने प्रतिपक्षी गठबन्धनको १९ हजार जति मात्र मत छ ।

जातिगत आधारमा उक्त क्षेत्रमा २२ हजार यादवको, १४ हजार मुस्लिमको, २० हजार वैश्य समुदायको, ८ हजार जति (ब्राह्मण, भूमिहार, कायस्थ, राजपुत) को मत छ । एमाले उम्मेदवार अजय गुप्ता बनियाँ (वैश्य) जातिका हुन् । 

‘वैश्य समुदायको मतका साथै मुस्लिम र यादवमा समेत गुप्ताको पकड भएका कारण माधव नेपाललाई अजय गुप्ताले मज्जाले नै टक्कर दिनुहुन्छ,’ एक स्थानीयले भने, ‘तर जति मत काटे पनि सत्ता गठबन्धनको ठूलो मतभार तथा माधव नेपाल पूर्वप्रधानमन्त्री समेत भएका कारण पनि अन्तिममा उहाँले नै जित्नु हुन्छ ।’ 

दुवै गठबन्धनमा अन्तर्घातको त्रास 

दुवै गठबन्धनका उम्मेदवारहरू अन्तर्घात हुने त्रासमा छन् । त्यहाँ आफ्नो नाम खुलाउन नचाहेका एमालेका एक नेताले दुवै गठबन्धनभित्र समस्या रहेको खुलाए । 

‘केही दिनअघि मात्र माधव कुमार नेपालजीले निवर्तमान प्रदेश सांसद बाबुलाल साह कानू र मोहम्मद सोहेल तैयबलाई प्रदेशमा टिकट दिन्छु भन्दै पार्टी प्रवेश गराउनु भएको थियो,’ ती नेताले लोकान्तरसँग भने, ‘तर माधवजीले ती दुवैमध्ये कसैलाई पनि टिकट दिनुभएन ।’ 

ती नेताका अनुसार, स्थानीय ठेकेदार नागेन्द्र साहलाई नेपालले टिकट दिए । ‘बाबुलाल साह नेकपा एसबाटै गौरका मेयरमा निर्वाचित भएका शम्भु साहका आफन्त हुन् त्यसैले स्वतन्त्र उठेका बाबुलाललाई भित्रभित्रै शम्भुबाट पनि सहयोग हुन सक्छ,’ उनले थपे ।

त्यसैगरी पेशाले चिकित्सक तथा सम्भ्रान्त पारिवारिक पृष्ठभूमि रहेका मोहम्मद सोहेल तैयबलाई समेत टिकट नदिएपछि मुस्लिम समुदायको मत समेत नेपाललाई नपर्न सक्ने खतरा बढेको उनको कथन छ । बाबुलाल र तैयब दुवैजना प्रदेशसभामा स्वतन्त्र उम्मेदवार बनेका छन् ।

उता एमाले–जसपा गठबन्धन भएपनि क्षेत्र नम्बर १ (क) प्रदेश सभामा जसपाबाट उम्मेदवार बनेका निवर्तमान सांसद योगेन्द्र राय यादवलाई एमालेका प्रतिनिधिसभा उम्मेदवार गुप्ताले सहयोग नगरिरहेको एमालेका ती नेताले खुलाए ।

‘अजय गुप्ता र योगेन्द्र राय यादवजी दुवै सँगै मिलेर घरदैलो तथा प्रचारप्रसारमा जानुपर्नेमा एक साथ गइरहनुभएको छैन,’ ती नेताले थपे, ‘त्यसैले एमाले–जसपा गठबन्धनमा पनि अन्तर्घात हुने सम्भावना बढेको छ ।’

एमाले उम्मेदवार गुप्ता पनि त्यो कुरा स्वीकार गर्छन् । ‘आफ्नै गठबन्धनका प्रदेशसभा उम्मेदवार योगेन्द्र राय यादवसँग म प्रचारमा नगएको कुरा सत्य नै हो,’ उनले भने, ‘तर एमालेलाई कसरी जिताउने हो त्यसको लागि म लागिपरेको छु,’। 

अजय गुप्ता

‘त्यो अन्तर्घात होइन । खुलमखुला कुरा हो । जसपा बेगर पनि म चुनाव जित्छु,’ आत्मविश्वासका साथ उनले दाबी गरे ।

स्थानीय विश्लेषकहरू योगेन्द्र यादवलाई अप्ठ्यारो पार्ने गरी स्वतन्त्र रूपमा उम्मेदवारी दिएका राजेश चौधरीले एमालेको समर्थन पाएको बताउँछन् । त्यस्तै रौतहट क्षेत्रका प्रभावशाली नेता तथा क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार प्रभु साहले पनि चौधरीलाई समर्थन गर्ने उनीहरूको भनाइ छ ।

यता सत्ता गठबन्धनमा अन्तर्घातको सम्भावना नरहेको उम्मेदवार माधव कुमार नेपाल बताउँछन् । कमसेकम रौतहट जिल्लामा अन्तर्घात वा साझेदार दलभित्र असन्तुष्टि नरहेको उनको दाबी छ । 

‘रौतहटमा गठबन्धनबाट अन्तर्घात हुने कुनै समस्या अहिलेसम्म मैले देखेको छैन । अन्य जिल्लाको कुनै क्षेत्रमा त्यस्तो समस्या छ भने त्यहाँका नेताहरूलाई हामीले भन्नुपर्छ, ताकेता गर्नुपर्छ,’ उनले थपे, ‘यो एकअर्कामाथि आशंका र अविश्वास पैदा गर्ने कोशिश पनि हुन सक्दछ । हामीले यथार्थ बुझ्नुपर्दछ र त्यही आधारमा अघि बढ्नुपर्दछ ।’ 

नेपाल र गुप्ताबीच कडा प्रतिस्पर्धा हुने सम्भावना 

‘एक्लाएक्लै दलहरू भिडेको भए यसपटक गुप्ताले नेपाललाई धूलो चटाउँथे,’ गौरको बीपी चोकमा भेटिएका स्थानीय रामशंकर प्रसाद साहले भने, ‘तर माधव नेपाललाई यसपटक पाँच दलको समर्थन छ । तर अजय गुप्तालाई दुई दलको मात्र समर्थन भएकाले नेपालले सहजै जित्न सक्ने अवस्था देखिएको छ ।’ 

यति हुँदाहुँदै पनि माधव नेपालप्रति स्थानीय जनताको ठूलै आक्रोश रहेको उनले बताए ।

अर्का स्थानीय कमलेश मिश्र पनि विकास नभएका कारण जनता यसपटक माधव नेपालबाट रुष्ट भएको बताउँछन् । ‘२०५२ सालमा नै माधवजी आफैं पढ्नुभएको जुद्ध माविको होस्टल निर्माणको शिलान्यास गर्नुभएको थियो,’ मिश्रले लोकान्तरसँग भने, ‘तर २७ वर्ष भइसक्दा पनि आफैंले शिलान्यास गर्नुभएको होस्टलधरी बनाउन सक्नुभएन ।’

उक्त होस्टेल निर्माण हुन नसक्नुमा आफ्नो कुनै दोष नरहेको नेपाल बताउँछन् ।

‘बनेको घरको भवन बिगार्ने को ? ठेकेदार त उनीहरू नै हुन् । तिनीहरूकै ठेक्काबाट सबै पैसा खाएर कामै गरेनन्,’ नेपालले लोकान्तरसँग भने । 

माधव नेपालसँग सीधा सम्पर्क गर्न नपाउँदा पनि स्थानीय मतदाताहरू यसपटक रुष्ट देखिएको अर्का एक स्थानीय बताउँछन् । ‘स्थानीयहरू आफ्नो समस्या समाधानका लागि माधव नेपालजीसँग सीधा सम्पर्क गर्न खोज्छन्,’ ती स्थानीयले थपे, ‘तर माधवजीले रामकुमार भट्टराई, कल्याणी खड्का र गौरका वर्तमान मेयर शम्भु साहलाई भेट्नुस् भन्दै फर्काइदिनुहुन्छ ।’

नेकपा एमालेका मधेश प्रदेश कमिटी सदस्य बब्बन सिंह पनि माधव नेपालप्रति जनताको बढ्दो असन्तुष्टिले एमाले उम्मेदवार गुप्तालाई फाइदा भइरहेको दाबी गर्छन् ।

‘माधव नेपालजी यहाँ २५ वर्षदेखि चुनाव लड्दै आउनुभएको छ । प्रधानमन्त्री समेत बन्नुभयो तर क्षेत्रको विकासलाई कहिल्यै प्राथमिकतामा राख्नुभएन,’ सिंहले लोकान्तरसँग भने, ‘देशका अन्य पूर्वप्रधानमन्त्रीहरूको क्षेत्र हेर्नुस्, विकासको बाढी नै बगेको छ । तर गौरजस्तो सुगम क्षेत्रमा पनि विकासले छोएको छैन ।’ 

चुनाव जितेर गएपछि एकपटक पनि क्षेत्रमा नआउने, ५ वर्षपछि चुनावमा मात्रै आउने गरेका कारण नेपाललाई यसपटक जनताले पराजित गरेर एमाले उम्मेदवार गुप्तालाई जिताउने उनको दाबी छ । 

‘२०४८ सालमै वीरेन्द्र मल्लिकको योगदानमा बनेको बकैया, बागमती पुललाई पनि माधवजीले आफैंले बनाएको भनेर अहिले जनतामा भ्रम छरिरहनुभएको छ,’ सिंहले थपे, ‘तर माधवजी २०५६ सालदेखि यहाँ चुनाव लडिरहनुभएको छ । आफू चुनाव लड्नुभन्दा पहिले निर्माण भएका पुल पनि आफैंले बनाएको भन्दै झूटो प्रचारप्रसार गरिरहनुभएको छ ।’

लोकान्तरले त्यही प्रश्न माधव नेपालसँग राख्दा उनले भने, ‘वीरेन्द्र मल्लिक मेरो सहयोगी हो । उनीहरूले मेरो मातहत रहेर काम गरेको हो । मैले रौतहट विकास गुठी बनाएको हो । त्यस गुठीका लागि विभिन्न देशबाट आर्थिक सहयोग मैले ल्याएको हो । यस्तोमा मेरो नाम वीरेन्द्र मल्लिकको नामसँग जोड्न मिल्छ ?’

आफूले धेरैजसो विकासका योजना ल्याएको भए पनि गुप्ता गौर नगरपालिकाको मेयर हुँदा काम गर्न नदिएर अवरोध गर्दै आएको नेपालले बताए । यसअघि गुप्ता मेयर हुँदा धेरै भ्रष्टाचार गरेका कारण नै दोस्रोपटक उनी मेयरमा पराजित भएको नेपालको आरोप छ ।

‘एउटा मेयरमा त पछारिने मान्छेले सक्ला मुकाबला गर्न ? आशै नगरे हुन्छ किनभने यहाँ एमालेको संगठन नै छैन,’ नेपालले लोकान्तरलाई बताए, ‘उहाँ कुन पार्टीको हो कसैलाई थाहै छैन । उहाँ आयाराम गयाराम हो । त्यस्तो मान्छेलाई कसले पत्याउने ? उहाँको आफ्नो कुनै पार्टी नै छैन, धरातलै छैन, खाली पैसा कमाउने ध्यान मात्र छ, केही पनि विकासको काम गरेकै छैन ।’

माधव नेपालले यसरी अजय गुप्तामाथि भ्रष्टाचार र अकर्मण्यताको दोष लगाइरहँदा गुप्तालाई एमालेको सांगठनिक मत पूर्ण रूपमा जान नसक्ने एमालेकै अर्का एक स्थानीय नेताले स्वीकार गरे ।

‘एमालेको संगठनको सबै मत गुप्ताजीमा जाँदैन । संगठनको केही मत माधव नेपालजीमा पनि जान सक्छ,’ ती नेताले खुलाए, ‘तर गुप्ताजीको आफ्नै व्यक्तित्व र योगदानका कारण सत्ता गठबन्धनका अन्य साझेदारबाट पनि वैश्य समुदायको मत भने उहाँले पाउनुहुन्छ ।’

अर्कातर्फ माधव कुमार नेपालका एकजना समर्थक प्रवीण पाण्डे भने रौतहटमा जे–जति विकास भएका छन्, ती सबै माधव कुमार नेपालकै कारण सम्भव भएको बताउँछन् । 

‘चन्द्रनिगाहपुरदेखि गौरसम्मको २ लेन कालोपत्रे सडक निर्माण गराउनुका साथै त्यसलाई अब ४ लेनमा स्तरोन्नति गराउनका लागि ८ अर्ब रुपैयाँ बजेट छुट्ट्याइएको छ,’ पाण्डेले भने, ‘२० करोड रुपैयाँ त त्यसको लागि निकासा पनि भइसकेको छ ।’ त्यो माधव नेपालकै कारण सम्भव भएको उनी दाबी गर्छन् । 

त्यस्तै गौर नगरपालिकामा नै ३० करोडको लागतमा टाउन हाल बनिरहेको उनले बताए । नेपालकै पहलमा १२ करोड रुपैयाँको लागतमा गौरमा विवाहमण्डप बनिरहेको उनले बताए ।

एमाले उम्मेदवार गुप्ता भने जनतासँग सुखदुःखमा आफू संगै रहेकाले चुनाव जित्ने दाबी गर्छन् ।

‘विगत लामो समयदेखि धरातलमा रहेर जनताको हरेक समस्या समाधान गर्दै मन जितेको छु,’ उनले लोकान्तरसँग भने, ‘यस क्षेत्रमा जनताले कुनै पनि गठबन्धनलाई मानेको छैन । जनतालाई साथ दिने नेतालाई नै उनीहरूले जिताउँछन् ।’

हेभीवेट हुँदैमा नेपालले चुनाव जित्छन् भन्न नमिल्ने उनको जिकिर छ ।

‘मैले कहिल्यै भ्रष्टाचार गरेको छैन । उहाँले नै भ्रष्टाचार गर्नुभएको कारण उहाँलाई विगतमा जनताले हराएका हुन्,’ गुप्ताले थपे, ‘म मेयर हुँदा भ्रष्टाचार गरेको छैन । बरु मैले विकासको काम गर्न खोज्दा उहाँले मलाई सधैं अवरोध गर्नुभयो ।’

स्थानीय तहको मतभार स्थानीय व्यक्तिका सन्दर्भमा आएको हुनाले उक्त मतभार अहिलेको चुनावमा काम नलाग्ने उनको कथन छ । 

‘त्यतिबेलाको चुनावको एजेन्डा फरक थियो र अहिलेको चुनावको एजेन्डा फरक छ । त्यसैले उक्त चुनावको मतपरिणामलाई लिएर तुलना गर्नुहुँदैन,’ उनले थपे, ‘नेताका बीचमा गठबन्धन भए पनि जनताका बीचमा गठबन्धन भएको छैन । अहिले जनताहरू जसरी पनि माधवकुमार नेपाल हराउनु पर्छ भन्दै अभियानमा लागेका कारण गठबन्धनले केही हुनेवाला छैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x