२९ असार २०८३, सोमबार

विश्वकप हेर्न एलजीले नेपाली बजारमा ल्यायो युक्यू सिरिज्को टिभी

कात्तिक २१, २०७९
विश्वकप हेर्न एलजीले नेपाली बजारमा ल्यायो युक्यू सिरिज्को टिभी

एलजी ब्राण्डको आधिकारीक विक्रेता सिजी इम्पेक्सले विश्वकप लक्षित गरी युक्यू सिरिज को युएचडि टिभी नेपाली बजारमा ल्याएको छ ।

एलजीको युएचडि टिभी श्रेणीमा ४३ इन्च, ५० इन्च, ५५ इन्च, ६५ इन्च ७५ इन्च र ८६ इन्चको टि.भी नेपाली बजारमा ल्याएको छ ।

युएचडी टिभी श्रेणीमा नेपालकै नं. १ टिभी ब्राण्डमा आफुलाई स्थापना गरेको एल.जी.ले नयाँ मोडेलको टिभीहरु नेपालमा ल्याएको हो ।

यस टिभीमा रियल फोरके डिस्प्लेसँगै तीन साईड सिनेमा स्क्रीन डिजाइनका साथै क्वाड कोर प्रोसेसर फोर के, वेभ ओ.एस. ६.० अपरेटिङ सिस्टम, आई.पि.एस. प्यानल फोर के, एच.जि.आई.जि. मोड, अटोलो ल्याटेन्सी मोड (ए.एल.एल.एम) गेम अप्टिमाईजर, ए.आई ब्राइटनेस, ए.आई साउण्ड, एच.डि.आर. टेक्नोलोजी (एच.डि.आर.१०, एच.एल.जी.) फिल्ममेकर मोड, म्याजिक मोसन रिमोट कन्ट्रोल (एम.एम.आर.सि.) स्पोर्टस अलट जस्ता थुप्रै विशेषताहरु रहेको छ ।

यस टि.भी.मा एल.जी थिङक्यु ए.आई  टेक्नोलोजी रहेको छ जसले एक सुव्यवस्थित अनुभव प्रदान गर्दछ ।

साथै एमेजोन ऐलेक्सा, गुगल असिस्टेन र एप्पल एयर प्लेय २ सँग होमकिट जस्ता विशेषताहरु पनि रहेको छ ।

एप्पल एयर प्लेय २ को मद्दतले तपाईले आफ्नो आईफोन बाट सिधै स्क्रिन सेयर/स्क्रिन मिरर गर्न मिल्ने कम्पनीले जनाएको छ ।

गुगल असिस्टेनको मद्दतले आफ्नो टि.भी.लाई आफ्नो आवाजले नियन्त्रण समेत गर्न सकिने कम्पनीको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्