
प्रसिद्ध जापानी गाडी निर्माता कम्पनी टोयोटाले वेबसाइटबाट आफ्नै कार 'अर्बन क्रुजर' हटाएको छ।
अक्टोबर महिनामा बजारमा यस कारको बिक्री शून्य भएपछि कम्पनीले आफ्नो वेबसाइटबाट हटाएको हो ।
रिपोर्टका अनुसार कम्पनीको सब-कम्प्याक्ट एसयूभीले अक्टोबर महिनामा एक जना पनि ग्राहक पाएन र यसको बिक्री शून्य रह्यो।
टोयोटाको अर्बन क्रुजर मासिक औसत २ हजारदेखि ३ हजार युनिटसम्म बिक्री हुने गरेको कम्पनीको दाबी छ । तर अक्टोबर २०२२ मा यसको बिक्री शून्यमा झर्यो ।
टोयोटा अर्बन क्रुजरको मूल्य ९.३ लाख भारतीय रुपैयाँ ११.७३ लाख भारतीय रुपैयाँसम्म रहेको छ ।
यद्यपी टोयोटाले यस सम्बन्धमा कुनै आधिकारिक प्रतिक्रिया नदिएको रिपोर्टमा उल्लेख छ ।
अक्टोबरममा मात्रै नभई केही समययता टोयोटा अर्बन क्रुजरको बिक्रीमा लगातार गिरावट आएको छ ।
रिपोर्टअनुसार भदौ महिनामा ३३० युनिट मात्र बिक्री भएको छ ।