२० असार २०८३, शनिबार

बच्चालाई छोपेर अस्पतालबाट निस्किइन् आलिया [भिडियो]

कात्तिक २४, २०७९
बच्चालाई छोपेर अस्पतालबाट निस्किइन् आलिया [भिडियो]

गत आइतवार आलिया भट्ट र रणबीर कपुर आमाबुवा बने । 

आलियाले छोरीलाई जन्म दिएको खबर बलिउडमा मात्र नभई अन्त पनि चर्चामा रह्यो । 

आइतवार अस्पतालमा आलियाले छोरीलाई जन्म दिएकी थिइन् ।

उनी बिहीवार अस्पतालबाट छोरीसहित घर फर्किएकी छन् । 

छोरीसँगै आलिया, रणबीर घर फर्किएको भिडियो सामाजिक सञ्जालमा यतिखेर फेरि भाइरल भइरहेको छ ।

यस क्रममा रणवीरले आफ्नी छोरीलाई काखमा लिएर बसेको भिडियोमा देखिन्छ । 

तर छोरीलाई क्यामेरामा भने देखाइएको छैन ।

विवाहको सात महिनापछि आलिया भट्टले छोरीलाई जन्म दिएकी हुन्  ।

salt training

कमेन्ट गर्नुहोस्