१२ साउन २०८३, मंगलबार

'फ्रेडी' फिल्मका लागि कार्तिकले बढाए १४ किलो तौल

कात्तिक २५, २०७९
'फ्रेडी' फिल्मका लागि कार्तिकले बढाए १४ किलो तौल

हालै कार्तिक आर्यनको नयाँ फिल्म फ्रेडीको टिजर रिलिज भएको छ ।

कार्तिकका फ्यानहरूले फिल्मको टिजरलाई निकै रुचाइरहेका छन् । 

हालै कार्तिकले फिल्मका लागि आफ्नो बडी ट्रान्सफर्मेसन गरेको बताइएको छ । 

कार्तिकलाई उनका सेलिब्रेटी फिटनेस ट्रेनरले प्रशंसा समेत गरेका छन् 

हिन्दुस्तान टाइम्सका अनुसार कार्तिकका फिटनेस ट्रेनरले फ्रेडीको भूमिकाका लागि कार्तिकले १४ केजी तौल बढाएका छन् । 

कार्तिकले भनेका छन्, ‘मेरो लागि फ्रेडीको चरित्र सबैभन्दा रोचक र अचम्मको स्क्रिप्ट हो । यो क्यारेक्टरले मेरो तौल बढाउनु पर्ने देखेपछि अन्य तयारीसँगै त्यसको तयारी पनि गर्न थालेँ । किनकी म यो पात्र निभाउन निकै उत्साहित थिएँ ।'

कार्तिक र अलायाको यो फिल्म डिसेम्बर २ मा ओटीटी प्लेटफर्म डिज्नी प्लस हटस्टारमा स्ट्रिम हुने तयारीमा छ।

salt training

कमेन्ट गर्नुहोस्