×

Nic Asia
Dabur
Prabhu Bank

प्रतिनिधिसभा निर्वाचन

रूपन्देही– २ का ४ सय मतदातासँग कुरा गर्दा विष्णु पौडेलको पक्षमा देखिएको माहोल

पौडेलको पक्षमा खुलेका अधिकांशको तर्क- 'रूपन्देहीको रूप बदल्ने नेतृत्व गुमाए बुटवल पछाडि पर्छ'

बुटवल | कात्तिक २८, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

रूपन्देही क्षेत्र नम्बर २ लाई नेकपा एमालेको सबैभन्दा सुरक्षित सीट मानिन्छ । कारण हो, पूर्व अर्थमन्त्री समेत रहेका यहाँका सांसद विष्णु पौडेलले यो क्षेत्र र सिंगो रूपन्देहीको विकासमा खेलेको नेतृत्वदायी भूमिका ।

yONNEX
IME BANK INNEWS

पौडेलको पहलमा रूपन्देहीमा विकास निर्माण र पूर्वाधारले फड्को मारेको छ । रूपन्देहीको रूप बदलिएको छ । सिंगो देशका लागि सिकाइ हुन सक्ने विकासका नमूना काम रूपन्देहीमा भएका छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

२०७० सालको संविधानसभा चुनावमा तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराई पौडेलको प्रतिस्पर्धीका रूपमा चुनावी मैदानमा उत्रिएका थिए । गोरखामा कीर्तिमानी जीत दर्ता गरेका भट्टराईको रापताप कम थिएन । तर, यहाँ पौडेलले जीत दोहोर्‍याउँदा भट्टराई तेस्रो भए । 

पूर्वाधार विकासको हिसाबले औँलामा गन्न सकिने उदाहरणीय क्षेत्रमध्ये रूपन्देही– २ एक हो । बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकाका प्रायः सडक पक्की भएका छन् । 


Advertisment
Lokantar App
Saurya island

रात्रिकालीन बत्तिजडित बुटवल-भैरहवाको सडक देशकै नमूना बनेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनदेखि ठूला पूर्वाधारका थुप्रै काम रूपन्देहीमा सम्पन्न भएका छन् । 

केही सम्पन्न हुने चरणमा छन् भने उत्तिकै ठूला र महत्त्वपूर्ण केही आयोजना शुरू हुने चरणमा छन् । 

Vianet communication

बुटवलमा भएको विकासबाट पश्चिम नेपालका अन्य जिल्लाले समेत लाभ लिइरहेका छन् ।

यद्यपि यति धेरै विकास निर्माणका आयोजना पाइरहेका रूपन्देहीका मतदाता समेत पुराना राजनीतिक दलप्रति देखिएको असन्तुष्टिबाट अछुतो रहनेछन् । ​तै पनि व्यक्तिगत रूपमा भने पौडेलकै पक्षमा माहोल पाइयो ।

रूपन्देही- २ का मतदाता

विष्णु पौडेलको पक्षमा माहोल

रूपन्देही– २ का मतदाता व्यक्ति विशेषका हिसाबले विष्णु पौडेलप्रति नरम देखिए, तर पुराना राजनीतिक दलप्रति देशैभर पोखिएको तीव्र असन्तुष्टिको प्रभाव बुटवलमा पनि पाइयाे ।

नेकपा एसका राजु गुरुङको उम्मेदवारी खारेजीपछि रूपन्देही– २ मा सत्ता गठबन्धनले जनमुक्ति पार्टीका केशव सूर्यवंशी थापालाई समर्थन गरेको छ । 

लौरो चिह्नबाट उम्मेदवारी दिएका निकोलस भनिने डा. कमल भुसालको उम्मेदवारी पनि निर्वाचन आयोगले खारेज गरिदिएको थियो । आयोगको उक्त निर्णयलाई सर्वोच्च अदालतले सदर गरिसकेको छ ।

परिचित अनुहार नभए पनि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलको पनि केही चर्चा सुनियो । यहाँ खासगरी एमाले र सत्ता गठबन्धनका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा देखिन्छ ।

नेकपा एसलाई टिकट दिइएपछिदेखि नै असन्तुष्ट नेपाली कांग्रेसका कार्यकर्ता गठबन्धनको साझा उम्मेदवारको उम्मेदवारी खारेज भएपछि खुलेर प्रचारप्रसारमा लागेका छैनन् । 

विगतमा जातीय नारा लगाएको र धर्मविरोधी अभिव्यक्ति दिएका कारण जनमुक्तिका उम्मेदवारप्रति कांग्रेसका कार्यकर्ता र समर्थकहरू सन्तुष्ट देखिएनन् । 

आफ्नै पार्टीको उम्मेदवार नहुँदा खिन्न भएका कांग्रेस समर्थित मतदाता समेत रूपन्देहीको विकासमा खेलेको भूमिकाका कारण विष्णु पौडेलको पक्षमा आकर्षित हुन थालेको देखियो ।

पछिल्ला दिनमा कांग्रेस समर्थित मतदाता क्रमशः पौडेलको पक्षमा उभिँदै गएको पाइयो, जुन पौडेलका लागि सबैभन्दा सकारात्मक पक्षका रूपमा देखिएको छ ।  

यस्तो छ मतदाताको मनोविज्ञान
(हामीले कुराकानी गरेका ४०० जनामध्ये केही प्रतिनिधिमूलक पात्रको भनाइ यहाँ जस्ताकोतस्तै राखिएको छ) :

हेभीवेट नेताले प्रतिस्पर्धा गरिरहेको ‘हट सीट’मध्ये रूपन्देही– २ का झण्डै ४ सय मतदातासँग लोकान्तर टीमले कुराकानी गरेको थियो । कुराकानीका क्रममा बहुसंख्यक मतदाताले ठूला राजनीतिक दलप्रति आक्रोश पोखे ।

रूपन्देही- २ का मतदाताव्यक्तिगत रूपमा विष्णु पौडेलले गरेको काम र पुर्‍याएको योगदानप्रति भने यहाँका मतदाता नकरात्मक देखिएनन् । तर, खास उम्मेदवारभन्दा पनि समग्रमा पुराना राजनीतिक दलको व्यवहार र प्रवृत्तिविरुद्ध मतदाताको आक्रोश सतहमा आएको छ । 

समानुपातिकतर्फ वैकल्पिक राजनीतिक शक्ति र स्वतन्त्र उम्मेदवारप्रतिको लगाव रूपन्देही– २ मा पनि केही हदसम्म भेटियो । तर, प्रत्यक्षतर्फ भने राप्रपा र जसपाको समर्थन रहेका नेकपा एमालेका उम्मेदवार विष्णु पौडेल अगाडि रहेको र यसपटकको चुनावी नतिजा पनि  पौडेलकै पक्षमा जाने विश्लेषण मतदाताहरूको पाइयो ।

रूपन्देही- २ का मतदाता

बुटवल उपमहानगरपालिका– ८ का रुद्र सारु मगरले बुटवल आसपासको विकासमा पौडेलले अतुलनीय काम गरेको बताए । ‘पौडेलको पहलमा पूर्वाधार विकासमा धेरै काम भएको छ । अब यहाँ दिगो विकास र रोजगारी सिर्जना गर्नेगरी काम गर्नुपर्छ,’ सारुले लोकान्तरसँग भने ।

बुटवल– ८ कै मतदाता डम्बरदेव न्यौपानेले गठबन्धनका उम्मेदवारभन्दा पौडेल प्रतिस्पर्धामा अगाडि रहेको बताए । 

‘बुटवलको विकाससँग विष्णु पौडेलको नाम जोडिन्छ, केही पूर्वाधारका काम बाँकी छन् । ती पूरा गर्न पनि उनलाई जिताउनु पर्छ भन्ने स्थानीय मतदाताको मनोविज्ञान छ,’ न्यौपानेले भने । 

राजनीतिक दलप्रतिको आस्थाभन्दा पनि विकास निर्माणका काम अलपत्र पर्ने कुरामा मतदाताको चासो देखियो । 

‘विष्णु पौडेलसँग स्थानीयका कतिपय गुनासा छन्, तर असन्तुष्टि भए पनि लास्टमा भोट हाल्ने अर्को विकल्प पनि छैन,’ बुटवलको त्रिभुवन गणेश टोल विकास संस्थाका उपाध्यक्ष समेत रहेका शिव बस्नेतले लोकान्तरसँग भने ।

रूपन्देही- २ का मतदाता

बुटवल सुख्खानगरका चुराबहादुर थापा विगतदेखिको वर्चश्व र कामका कारण पौडेलले आफ्नो पक्षमा माहोल बनाएको बताउँछन् । 

‘पौडेल सांसद भएपछि बुटवल मात्र नभई सिंगो रूपन्देहीमा पनि विकास भएको छ । गठबन्धनको उम्मेदवार नहुनु पनि पौडेलका लागि अनुकूल वातावरण छ,’ थापाले लोकान्तरसँग भने ।

स्थानीय मतदाता उमानाथ गौतमले पौडेलसँग प्रतिस्पर्धा गर्नेखालको उम्मेदवार अहिले रूपन्देही– २ म नभएको प्रतिक्रिया दिए । 

‘विष्णु पौडेलसँग यहाँका मतदाताका केही गुनासा हुन सक्छन्, तर यहाँ पौडेलसँग प्रतिस्पर्धा गर्ने खालको नेता देखिएको छैन,’ गौतमले भने ।

स्थानीय लक्ष्मी थापाले जनताले फेरि पनि एमालेलाई जिताउने बताइन् ।

‘दुई जनाको उम्मेदवारी खारेज नभएको भए यहाँको चुनावी प्रतिस्पर्धा तीव्र हुन्थ्यो । गठबन्धनको उम्मेदवार नभएपछि यहाँ विष्णु पौडेललाई थप सहज भयो,’ बुटवल– ७ का उत्तम मानन्धरले भने । 

स्थानीय मतदाता हरि गुरुङले सत्ता गठबन्धन र एमालेबीच तीव्र प्रतिस्पर्धा हुने विश्लेषण गरे ।

‘कांग्रेसले समर्थन गरेका उम्मेदवार र एमालेबीच टक्कर छ । तर विष्णु पौडेल अगाडि छन्,’ गुरुङले भने ।

रूपन्देही- २ का मतदाता

रूपन्देही– २ कै मतदाता समेत रहेका कृष्णकुमार क्षेत्री मतान्तरका बारेमा यसै भन्न नसकिए पनि विष्णु पौडेलले चुनाव जित्ने बताउँछन् ।

‘निकोलस भुसालको उम्मेदवारी रहेको भए केही तलमाथि हुनसक्थ्यो । दुईजनाको उम्मेदवारी खारेज भएपछि पौडेललाई सहज भयो,’ रिक्सा चालक रहेका क्षेत्रीले भने । 

सैनामैना नगरपालिका– १ की मतदाता रीना खनालले रूपन्देहीमा गरेको विकासका कारण पौडेल अगाडि रहेको बताइन् । ‘राम्रो व्यक्ति छान्ने हो, चिनेको राम्रो भनेको विष्णु पौडेल हो,’ सैनामैना– १ कै अर्की मतदाता अनिता पौडेलले भनिन् ।

रूपन्देही- २ का मतदाता

सैनामैना– १ कै तारा दर्जीले रूपन्देही– २ मा एमाले उम्मेदवारको चर्चा रहेको बताइन् ।

स्थानीय भागिरथी परियारले कसैलाई भोट नहाल्ने प्रतिक्रिया जनाइन् । 

रूपन्देही- २ का अर्का एक मतदाताको भनाइ भिडियोमा :

स्थानीय मतदाता ओमप्रकाश पन्थले नयाँ उम्मेदवारको चर्चा रहे पनि पुरानैले भोट पाउने बताए । 

‘चर्चा स्वतन्त्रको पनि छ, तर प्रतिस्पर्धा सत्ता गठबन्धन र एमालेबीच नै छ,’ खेतमा धान उठाउने चटारोमा रहेका पन्थले रोकिएर भने, ‘विष्णु पौडेलले विकास नगरेको भनेर कसैले भन्न सकेका छैनन् ।’

रूपन्देही- २ का मतदाता

सैनामैना– १ रानीबगियाका ७४ वर्षीय टेकबहादुर बुढाथोकीले गठबन्धनको समर्थन रहेका जनमुक्ति पार्टीका उम्मेदवारको चर्चा रहेको बताए ।

खेतमा पराल स्याहार्दै गरेकी सैनामैना– १ की पुष्पा न्यौपाने एमालेको पक्षमा खुलिन् । ‘यहाँको विकास देख्नुभएन ? यति विकास भएको देख्दादेख्दै किन मन बदल्ने ? हामीले रोज्ने पौडेललाई नै हो,’ न्यौपानेले भनिन् ।

सुकुम्बासी टोल भनेर चिनिने बुटवल– ११ की प्रेमकुमारी विकले बुटवलको विकासका कारण एमालेलाई भोट दिने बताइन् । ‘एमालेले विकास गरेको छ, भोट विष्णु पौडेललाई हाल्ने हो,’ विकले निर्धक्क हुँदै भनिन् ।

स्थानीय मतदाता गंगा क्षेत्रीले बुटवलको सडक पिच हुन नसकेको भन्दै आक्रोश व्यक्त गरिन् । 

‘अस्ति स्थानीय चुनावमा बुटवलको विकास गर्छु भन्दै भोट माग्न आउनुभएको थियो खेलराज पाण्डे । मेयर भएर के गर्नुभयो ? कसलाई जिताएर के हुन्छ ?’ क्षेत्रीले भनिन् । 

रूपन्देही- २ का मतदाता

भूमिहीन सुकुम्बासीले जग्गाको लालपूर्जा नपाएकोमा विमला कुर्मीले असन्तुष्टि पोखिन् ।

रूपन्देही– २ की अर्की मतदाता सीता सुनारले अलमल अलमल रहे पनि अन्तिममा पौडेललाई भोट हाल्न सक्ने बताइन् । ‘अहिले अलि स्वतन्त्रको हावा लागेको छ । तर, मनमुटुमा सूर्य छ,’ सुनारले भनिन् ।

सीतासँगै रहेकी ममता सुनारले भने आफूलाई कुनै अलमल नरहेको बताइन् । ‘जसले काम गरेको छ, उसलाई भोट माग्ने अधिकार छ । विष्णु पौडेललाई भोट दिन्छु भन्न कुनै हिचकिचाहट छैन,’ ममताले भनिन् ।

रूपन्देही- २ का मतदाता

सुकुम्बासी टोलकै शंकर पाण्डेले रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीको केही चर्चा सुनिए पनि अन्तिममा विष्णु पौडेलले बाजी मार्ने बताए ।

‘रूपन्देहीको विकासमा पौडेलले खेलेको भूमिकालाई कसले बिर्सन सक्छ ?’ पाण्डेले भने । ​

विकास निर्माण अवरुद्ध हुने चिन्ता

दलहरूप्रतिको तीव्र आक्रोशका बीच पनि मतदाताले विष्णु पौडेललाई मत दिन्छु भन्नुको कारण रहेछ, उनले विकास निर्माणमा खेलेको भूमिका ।​

शिक्षक, पेशाकर्मी तथा बुद्धिजीवीहरू समेत रूपन्देहीको विकासका लागि विष्णु पौडेल आवश्यक रहेको तर्क गर्छन् ।

‘विष्णु पौडेलले नजित्दा विकास निर्माणका काम के हुन्छ भन्ने चिन्ता धेरैमा पाइएको छ । दलहरूप्रति आक्रोश भए पनि व्यक्तिगत रूपमा विष्णु पौडेल नै धेरैको रोजाइमा छन्,’ बुटवलकै विकास ज्ञवालीले भने ।

विकास निर्माणका बाँकी काम पूरा गर्न पौडेलको जीत आवश्यक रहेको तर्क गरेका उनले अन्यथा बुटवलको विकास ५० वर्ष पछाडि धकेलिन सक्ने चिन्ता व्यक्त गरे ।

बुटवलकै अर्का मतदाता शिव पन्थले राष्ट्रिय राजनीतिदेखि जिल्लासम्म खेलेको समन्वयकारी भूमिका, अर्थमन्त्री हुँदा ल्याएको लोकप्रिय बजेट जस्ता कारणले विष्णु पौडेलको माहोल बनाएको तर्क गरे ।

‘उहाँको समन्वयकारी छविका कारण पनि मतदाता प्रभावित रहेको अवस्था छ । साथै यस क्षेत्रको विकासमा गरेको योगदान र अर्थमन्त्रीका रूपमा सफल कार्यकाल पनि विष्णु पौडेलको पक्षमा माहोल बनिरहनुको कारण हो ।’

उनले थपे, ' रूपन्देहीको रूप बदल्ने नेतृत्व गुमाए बुटवल पछाडि पर्छ ।'

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत १४, २०७९

काठमाडौँ । मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल र आवश्यक निर्णय लिन सत्ता साझेदार दलको बैठक आह्वान भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार अपराह्न ४ बजेका लागि सत्ता साझेदार दलको बैठक आह्वान भएको हो ।...

चैत १३, २०७९

नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज ह्वात्तै बढेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज एक हजार दुई सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा सङ्क्रमण देखिएको छ । यसअघि चैत १२ गते १६ जना र चैत ...

चैत १३, २०७९

सरकार विस्तार र उपुचनावका लागि उम्मेदवार तय गर्न बोलाइएको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ ।  मंगलबार बिहान ९ बजेका लागि बोलाइएको बैठक २ दिनका लागि सारिएको छ ।  &lsquo...

चैत १३, २०७९

निजामती कर्मचारी अस्पताल र आन्दोलनरत रहेका चिकित्सकरकर्मचारीबीच छ बुँदे सहमति भएको छ ।  सहमतिपछि चिकित्सक र कर्मचारीले गर्दै आएको अन्दोलनका कार्यक्रम सबै फिर्ता भएको अस्पतालका उपसचिव कृष्णप्रसाद सापकोटाले...

चैत १३, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले रङ्गमञ्च छरिएर रहेका विश्व समुदायलाई जोड्ने माध्यम रहेको बताएका छन् ।  ६२ औँ विश्व रङ्गमञ्च दिवसको अवसरमा सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा आज आयो...

चैत १४, २०७९

आफ्नो माग पूरा गर्न दवाव दिने उद्देश्यले काठमाडौँ आएका मिटरब्याजी पीडितले गएराति सडकमै रात बिताएका छन् । न्याय माग्न भन्दै उनीहरु ११ दिन पैदलै हिँडेर महोत्तरीबाट काठमाडौं आइपुगेका थिए । पहिलो दिन माताती...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x