
अभिनेत्री मनिषा कोइराला प्रतिनिधि सभा सदस्य उम्मेदवार रवीन्द्र मिश्रको घरदैलो अभियानमा सहभागी हुने भएकी छन् ।
आसन्न प्रदेश तथा प्रदेश सभा चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनावी प्रचारमा सहभागी भइरहेकी छिन् ।
काठमाडौं क्षेत्र नम्बर–१ बाट उम्मेदवार रहेका राप्रपाबाट वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको चुनावी प्रचारमा कोइराला सहभागी हुन लागेकी हुन् ।
भोली (मंगलबार) बिहान कोइराला रवीन्द्र मिश्रको घरदैलोमा सहभागी हुने उनले बताएकी छन् ।
मंगलबार बिहान ७ः३० बजे बबरमहलबाट घरदैलौ कार्यक्रम शुरू हुने राप्रपाले बताएको छ ।