
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका सहायक डिन एवं परीक्षा समितिका संयोजक कमलेश डिसी र अंग्रेजी विषयका विज्ञ एवं सहप्राध्यापक डा. विनयकुमार दासविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
उनीहरुविरुद्ध सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
विज्ञको छनौटका लागि लिखित र मौखिक परीक्षामा मिलेमतो गरेको, लिखित परीक्षाको कपिमा अङ्क थपघट गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
उनीहरूलाई प्रश्नपत्रको गोप्पनीयता भंग गरेको अभियोगसमेत लागेको छ ।
आंशिक तथा करार उपप्राध्यापक पदमा विज्ञापन गर्दा सबै विषयका लागि न्यूनतम योग्यता एउटै विषय मात्र राखिएको, विज्ञको छनौट तथा लिखित र मौखिक परीक्षामा मिलेमतो गरी छनौट प्रक्रिया सम्पन्न गरिएको र लिखित परीक्षाको कपीमा अंक थपघट गरिएको आरोपमा अभियाेगमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता भण्डारीले बताए ।