नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेले आफ्नो ८६औं वार्षिकोत्सवको अवसरमा बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडांैमा खुला रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
उक्त कार्यक्रमको उद्घाटन बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले गरेका थिए ।
कार्यक्रमको समापन बैैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले गरेका थिए ।
उक्त रक्तदान कार्यक्रममा बैंकमा कार्यरत कर्मचारी, ग्राहक, सर्वसाधारण गरी १०५ जनाले रक्तदान गरेका थिए ।
नेपाल बैंक लिमिटेड आज (कार्तिक ३० गते) ८६औं वर्षमा प्रवेश गरेको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको छ ।
संस्थागत सामाजिक उत्तरदायीत्वमा अग्र पङ्क्तिमा रहेर भूमिका निर्वाह गर्दै आएको बैंकले हरेक बर्ष वार्षिकोत्सवको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम आयोजन गर्दै आईरहेको छ ।