
बलिउडका चर्चित जोडी आलिया भट्ट र रणवीर कपूर हालसालै आमाबाबु बनेका छन् ।
उनीहरूले आफ्नो पहिलो सन्तानका रूपमा केही दिनअघि छोरीलाई जन्म दिएका छन् ।
मिडिया रिपोर्टका अनुसार रणवीर आलियाले छोरीको नाम स्वर्गीय अभिनेता ऋषि कपरसँग जोडिने गरी राख्ने भएका छन् ।
रिपोर्टका अनुसार उनीहरूमा विभिन्न नाम सिफारिस भएपनि ऋषिसँग जोडिने कुनै एक नामलाई अन्तिम रुप दिने तयारी गरेका छन् ।
यद्यपी हालसम्म उनीहरूले नामबारे जानकारी भने सार्वजनिक गरिसकेका छैनन् ।