
यतिबेला कलाकारहरु समेत चुनावी माहोलमा होमिएका छन् ।
कतिपय कलाकारहरु स्वयंम उम्मेदवार छन्, कतिपय दल र उम्मेदवारको पक्षमा घरदैलो कार्यक्रममा सहभागी हुँदै भोट समेत मागेका छन् ।
कतिपयले सामाजिक सञ्जालबाटै भएपनि उम्मेदवारहरूका लागि भोट मागेका छन् ।
यस्तो परिदृश्यमा नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक प्रकाश सपूत कुनै दल र उम्मेदवारप्रति खुलेको देखिँदैनन् ।
उनले बिहीबार सामाजिक सञ्जालमार्फत राम्रो व्यक्ति छान्न मतदाताहरुलाई अपिल गरेका छन् ।
हाल अष्ट्रेलियामा रहेका सपूत लेख्छन्, ‘निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो । मत हालेर मताधिकारको सदुपयोग गरौँ । अधिकारसँगै राम्रो उम्मेदवार छान्नु कर्तव्य पनि हो । अलि गम्भीर भएर, निःस्वार्थ भएर, लोभ लालच, डर–त्रास, धाक धम्की, चिनजान, नातागोताबाट माथी उठेर, पुस्तौँदेखिको खान्दानी दलीय आस्थालाई समेत पुनर्विचार गरेर यसपटक साच्चिकै देश मुटुमा राखेर आफ्नो कर्तव्य निर्वाह गरौ र राम्रो व्यक्ति छानौं है ।’