×

NMB BANK
NIC ASIA

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

NTC
Premier Steels

परशुराम बस्नेत
प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख)

Muktinath Bank

म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु । त्यो बीचमा जनतासँग भेटघाट, घरदैलो गर्छु ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मैले गरेको घरदैलो र देखिएको पछिल्लो अवस्थाका बीचमा राजनीतिक दलप्रति जनताको असाध्यै अक्रोश छ । सबै जनताले के भनिरहेका छन् भने चुनावको समयमा मात्रै आउँछन्, चुनाव जितेर गएपछि फेरि अर्को चुनावमा मात्रै आउँछन् । त्यो कारणले गर्दा हामीले आफैंले चुनेका उम्मेदवार भेट्न पाउँदैनौं भन्ने जनताको ठूलो आक्रोश छ ।


Advertisment
Nabil box
Kumari

अझै दोहोर्‍याउने उम्मेदवारलाई त झन् गाह्रो छ । म नेकपा एमालेको उम्मेदवारको हिसाबले भन्नु पर्दा एकातिर गठबन्धन छ, अर्को एमाले । 

Vianet communication

आक्रोश पोखे पनि अन्तिममा हामी एमाले नै हो भन्ने मैले देखेको छु । यसले के संकेत गरेको छ भन्ने एमालेलाई नै विश्वास गर्छन्, मतदाताले । विभिन्न समुदाय, जनजाति लगायतका विभिन्न ठाउँमा बसेका मानिसहरूले म एमाले हुँ भन्ने देखाउनुभएको छ । जनतामा नेताप्रतिको अपेक्षा कम छ तर पनि काम गर्ने यिनै हुन भन्ने छ । पछिल्लो समय नेतालाई गाली गर्ने अभियान नै चलेको छ । यो भएको चाहिँ यो हाम्रो व्यवस्थाप्रति नै प्रहार गर्ने अभियान हो जस्तो लाग्छ ।

मेरो क्षेत्रमा गठबन्धनका कारण जनता असाध्यै निराश भएको मैले पाएको छु । जनता विक्षिप्त छन् । गठबन्धनका उम्मेदवार दिउँसो जनताको बीचमा जान सकेका छैनन् । राति-राति गम्छाले मुख छापेर गएका छन्, जसले गर्दा मोरङ ६ नम्बर क्षेत्रमा उनीहरू कमजोर देखेको छु ।

यो क्षेत्रमा लालबाबु पण्डितले राम्रो काम गरेका छन् । पछिल्लो २८/३० वर्षमा हुन नसकेको काम उनले गरेका छन् । त्यो  एउटा सकारात्मक पक्ष हो ।

लालबाबु राजनीतिमा निष्कलंक मान्छे हो । उहाँको छविले पनि राम्रो काम गरेको छ ।

म पहिलोपटक चुनाव लडेको हुनाले युवा आन्दोलनमा लागेको र एमालेको सिपाहीको हिसाबले हेर्दा पनि युवा पंक्तिमा उत्साह छ ।

जनताले असाध्यै माया गरेको पाएको छु । त्यसले गर्दा जीत निश्चित छ । तर, निर्वाचन हो । गठबन्धन पक्षधरहरूमा उत्साह देखिएको छ । एमालेको पक्षमा आकर्षण देखिएकाले जित्ने निश्चित जस्तो छ । 

आन्तरिक मूल्यांकन पनि त्यही हो । यसलाई हामीले गरेका कार्यक्रमहरूले पनि पुष्टि गरेको छ । जनताको उत्साहजनक भाव देखिएको छ । यसले गर्दा हामी जित्छौं भन्ने हो ।

हरेक जनताको ढोका पुग्न असाध्यै गाह्रो छ । जनताको बीचमा आफ्नो कुरा राख्ने र नेताप्रतिको वितृष्णालाई बुझाउने काम गरेको छु । यत्रो लडेर ल्याएको व्यवस्थाका बारेमा मैले बुझाउने कोशिश गरेको छु । व्यवस्थाप्रति प्रहार भएको छ, त्यसलाई जोगाउनुपर्छ । अहिले व्यवस्थामा प्रहार गर्ने बेला भएको छैन भनेर जनतालाई बुझाउँदै आएको छु । 

केही नेता खराब भए भन्दैमा व्यवस्था नै खराब भएको छैन भन्ने कुरा मैले जनतालाई बुझाइरहेको छु । केही राजनीतिकर्मी खराब होलान्, तर राजनीति खराब होइन भन्ने बुझाइरहेका छन् ।

केही राजनीतिकर्मीले गर्दा जनतामा आक्रोश थपिएको पक्कै हो । अहिले केही खराब नेतृत्वले गर्दा काम गर्न नसकेको पनि देखिएकै छ । मैले त्यस्ता झूटका सपनाहरू जनतामा देखाएको छैन । स्थानीय ठाउँको धरातलको, भूगोलको र राजनीतिक अवस्थामा कुरा बुझेर जनतालाई यो गर्न सक्छु भनेको छु । 

एमालेले ७० वर्षपछि सल्लाहकारको भूमिका निर्वाह गर्नुपर्ने गरी विधानमा पारित गर्‍यो । तर, अरू पार्टीको त अहिले त्यो पनि छैन । राजनीतिमा आउने बाटो धेरै भएको तर त्यसबाट निकास हुने बाटो नभएकाले नेताहरूप्रतिको अविश्वास देखिएको छ ।

युवालाई उठायो भने केही काम गर्छन् कि भन्ने जनता लेबलको मनोभाव देखिएको छ । एमालेले अहिले युवाहरूलाई धेरै ठाउँमा उठाएको छ, तर मेरो त त्यस्तो छैन । युवाहरूलाई जिताउनुपर्छ भनेर मलाई जनताको साथ छ । यसपालि पनि एमालेले धेरै सीट ल्याउँछ । 

अहिले दोहोर्‍याएर जित्नका लागि नेताले धेरै काम गर्नुपर्छ र अर्को कुरा गठबन्धनमा धेरै बागी चुनावी मैदानमा उठेकाले उहाँले भन्दा मैले जित्न सहज छ ।

(बस्नेतसँग लोकान्तरका लागि गगन अर्यालराजु बास्कोटाले गरेको कुराकानीमा आधारित ।)

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x