०७ साउन २०८३, बिहीबार

श्रद्धा हत्याकाण्ड : सार्वजनिक भयो श्रद्धालाई चोटै चोट लागेको पूरानो तस्वीर

मंसिर २, २०७९
श्रद्धा हत्याकाण्ड : सार्वजनिक भयो श्रद्धालाई चोटै चोट लागेको पूरानो तस्वीर

भारतकी  श्रद्धा वाकर हत्या प्रकरणमा एउटा तस्विर सार्वजनिक भएको छ ।

तस्बीरमा श्रद्धाको अनुहारमा चोटका निशानहरू देखिन्छन् ।

रिपोर्टका अनुसार यो तस्बिर श्रद्धाका एक साथीले सेयर गरेका हुन् । 

ती साथीले दाबी गरेका छन् कि २ वर्षअघि डिसेम्बर २०२० मा पनि आफताब अमिन पुनाले श्रद्धालाई निर्ममतापूर्वक कुटपिट गरेका थिए । त्यसपछि श्रद्धालाई यी चोट लागेको थियो ।

२८ वर्षीय आफताबले आफ्नी प्रेमिका श्रद्धाको हत्या १८ जेठमा गरेका थिए ।

श्रद्धाको हत्या गरी ३५ वटा टुक्रा पारेर जंगलमा फालेपछि प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ । 

आफताबले प्रहरीको सोधपुछमा आफ्नो पहिचान लुकाउन श्रद्धाको अनुहार जलाएको स्वीकार गरेका भारतीय मिडिया रिपोर्ट छ । 

प्रहरीले हालसम्म १३ थान शरीर फेला पारेको जनाएको छ । ती टुक्राहरूको डिएनए र फरेन्सिक जाँच गरिने प्रक्रियामा रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्