१२ असार २०८३, शुक्रबार

मारुती सुजुकीले भारतमा लञ्च गर्‍यो अल्‍टो के१० को सीएनजी संस्करण, मूल्य कति ?

मंसिर ३, २०७९
मारुती सुजुकीले भारतमा लञ्च गर्‍यो अल्‍टो के१० को सीएनजी संस्करण, मूल्य कति ?

मारुती सुजुकीले भारतीय बजारमा आफ्नो लोकप्रिय ह्याचब्याक अल्‍टो के१० को सीएनजी संस्करण सार्वजनिक गरेको छ। 

हाल, यो एक मात्र भीएक्सआई भेरियन्टमा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

कारको एक्स शोरुम मूल्य ५.९४ लाख भारतीय रुपैयाँ रहेको छ ।

 यो नियमित पेट्रोल मोडलको तुलनामा ९४ हजार रुपैयाँ महँगो रहेको बताइएको छ ।

कम्पनीले यसको माइलेज ३३.८५ किलोमिटर प्रतिकिलो रहेको दाबी गरेको छ । 

जबकि, अल्टो के१० पेट्रोल म्यानुअल भेरियन्टले २४.३९ केएमपीएल माइलेज दिन्छ। 

अल्टो के१० सीएनजीले १.० लिटर डुअलजेट, डुअल भीभीटी पेट्रोल इन्जिन फ्याक्ट्री-फिट गरिएको सीएनजी किटमा पाइने कम्पनीले जनाएकव छ । 

कम्पनीको सीएनजी पोर्टफोलियोमा यो १३ औं मोडल हो ।
 

salt training

कमेन्ट गर्नुहोस्