
रास्वपा महाधिवेशनमा महामन्त्री पदका ४ उम्मेदवारले विपिन आचार्यलाई समर्थन गरेका छन् ।
निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटी, गणेश पराजुली, प्रमोद न्यौपाने र जगदीश खरेलले आफ्नो उम्मेदवारी फिर्ता लिएर आचार्यलाई समर्थन गरेका हुन् ।
नेता गणेश पराजुलीले महाधिवेशन प्रतिनिधिलाई सहजताको लागि ४ जनाले आचार्यलाई समर्थन गर्ने निर्णय गरेको बताए ।
६ दिनदेखि जारी महाधिवेशनमा हिजोराति बल्ल केन्द्रीय सदस्यहरूको निर्वाचन भएको थियो । त्यसपछि दोस्रो चरणमा आज पदाधिकारी चयन गर्न लागिएको हो ।
पदाधिकारीका लागि महिला उपसभापति-१, महामन्त्री-१ र सहमहामन्त्री- ३ पदका लागि निर्वाचन हुँदैछ । सहमहामन्त्री तीन मध्ये १ महिला हुनेछन् ।