
प्रतिनिधि सभाका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले मतदान गरेका छन् ।
सिन्धुपाल्चोक २ का मतदाता रहेका निवर्तमान सभामुख सापकोटाले केहीबेरअघि मतदान गरेका हुन् ।
उनले सेतीदेवी पन्चकन्या मावि कुविण्डे मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि बिहान ७ बजेदेखि देशभर मतदान भइरहेको छ ।
मतदान साँझ ५ बजेसम्म चल्ने छ ।