२८ जेठ २०८३, बिहीबार

देशभरका सबै मतदान केन्द्रमा उत्साहपूर्ण मतदान जारी : आयोग

देशभरका सबै मतदान केन्द्रमा उत्साहपूर्ण मतदान जारी : आयोग

देशभरका सबै मतदान केन्द्रमा मतदान शुरू भएको छ। 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले देशभरका सबै मतदान केन्द्रमा मतदान शुरू भएको बताएका छन् ।

'अहिलेसम्म कहिँकतैबाट कुनै पनि किसिमको अवरुद्ध वा डिस्टर्ब भएको भन्ने सूचना आएको छैन,' पौडेलले लोकान्तरसँग भने,'गत स्थानीय चुनावको तुलनामा अहिले अलि चिसो बढेको हुनाले धेरै मतदान हुनसकेको छैन।'

गत स्थानीय चुनावमा फर्स्ट आवरमैँ उत्साहपूर्वक मतदान भएपनि अहिले अलि चिसो बढेको कारण धेरै मतदान नभएको उनले बताए ।

यद्यपि देशभरका मतदान केन्द्रहरूमा मतदाताहरू लामवद्ध भएर मतदान गर्न उपस्थित भएको र मतदान पनि भइरहेको उनले बताए। 

salt training

कमेन्ट गर्नुहोस्