
देशभर थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार सार्वजनिक गरेको विवरणअनुसार २४० जनामा परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना निको भएर १४ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या ४२० रहेको छ ।