
चितवन १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले अग्रता बनाएका छन् । सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका विश्व पौडेल र यसअघिको निर्वाचनमा विजयी भएका एमालेका सुरेन्द्र पाण्डेलाई पछि पार्दै उनले अग्रता बनाएका हुन् ।
ढकालले १८५० मत पाउँदा पौडेलले १८१० र पाण्डेले १३६९ मत पाएका छन् । हालसम्म चितवन १ मा ५३९९ मत गणना सकिएको छ ।
