माघ १३, २०७९
अभिनेता नाजिर हुसेनको नयाँ चलचित्र ‘गुलावी : एक रंग’को फस्टलुक पोष्टरलाई चलचित्रकर्मीहरुले तारिफ गरेका छन् । बिहीवार नाजिरलाई प्रस्तुत गर्दै सार्वजनिक गरिएको पोष्टरलाई थुप्रै चलचित्रकर्म...
तिहारको टीकाको भोलिपल्ट अर्थात् कात्तिक ११ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘महापुरुष’ले
चौथो सातामा पनि दर्शकबाट उत्साहजनक साथ पाएको छ । प्रदर्शनको २५औं दिन अर्थात् हिजो (सोमबार) फिल्म हेर्न हलमा दर्शकको उपस्थिति उत्साहजनक देखियो । धेरै शोजहरू हाउसफुल रहे ।
सोमबार धेरै शोहरू हाउसफुल रहेको भन्दै फिल्मका लेखक एवं निर्देशक प्रदीप भट्टराईले खुशी व्यक्त गरेका छन् । तिहार सकिएलगत्तै चुनाव र विश्वकप फुटबलसँगै विदेशी ठूला फिल्मको भीडभाड देखेपछि प्रायः नेपाली फिल्महरू माघपश्चात् मात्र रिलिज हुँदैछन् । अझै, फागुनमा नेपाली फिल्महरू एकआपसमा भिड्दैछन् । चुनावी माहौल र विश्वकप फुटबलसँगै जाडोले व्यापारमा असर गर्ने अनुमान गरिएता पनि ‘महापुरूष’ले राम्रो व्यापार गर्न सफल भएको हो ।
दर्शकको बलियो उपस्थितिकै कारण मल्टिप्लेक्स हलहरूले शो घटाएका छैनन् । मंगलबार पनि फिल्मले उल्लेख्य शो पाएको छ । कार्यकारी निर्माता रबिन्द्रसिंह बानियाँका अनुसार केही शुभचिन्तकले उक्त समयमा फिल्म रिलिज नगर्न सुझावसमेत दिएका थिए ।
बानियाँले भने, ‘हामीलाई फिल्मप्रति विश्वास भएर नै उक्त डेटमा प्रदर्शन गरेका हौं, फिल्म हेर्ने दर्शकले दिनुभएको सकारात्मक प्रतिक्रियाकै कारण शो घटेको छैन, अहिलेसम्म पनि केही शोहरू भरिभराउ छन् ।’
चौथो सातामा शोहरू यथावत रहनुले दर्शकको आकर्षण कम नभएको देखाउने लेखक तथा निर्देशक भट्टराई बताउँछन् । ‘फुर्सद र समय मिलाएर आउने हुँदा बिहानी भन्दा दिवा र रात्रि शोहरू हाउसफुल छन्, हामीले दिन खोजेको सन्देशसँग दर्शक जोडिनुभएको छ, व्यापारसँगै फिल्म हेरेर निस्किँदा दर्शकको मुहारमा पाइने सन्तुष्टि नै हाम्रो सफलता हो ।’
सामाजिक कथामा निर्माण भएको ‘महापुरुष’मा हरिवंश आचार्य शीर्ष भूमिकामा छन् । साथमा मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रबिन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली, राजाराम पौडेललगायत पनि शीर्ष भूमिका छ । फिल्मले तीन सातामा आठ करोड रुपैयाँभन्दा बढी कमाइसकेको छ । बलियो ‘वर्ड अफ माउथ’का कारण चौथो सातामा पनि फिल्मले दर्शकबाट उत्साहजनक साथ पाएको हो ।
केही सातायता ठूला नेपाली फिल्म प्रदर्शनमा नआउनुको फाइदा पनि ‘महापुरुष’लाई मिलेको छ । म्याक्स दीपेश खत्रीको निर्माण रहेको फिल्मको कार्यकारी निर्मातामा रबिन्द्रसिंह बानियाँ छन् । फिल्मले अमेरिका र अस्ट्रेलियामा समेत राम्रो व्यापार गरेको छ ।
अभिनेता नाजिर हुसेनको नयाँ चलचित्र ‘गुलावी : एक रंग’को फस्टलुक पोष्टरलाई चलचित्रकर्मीहरुले तारिफ गरेका छन् । बिहीवार नाजिरलाई प्रस्तुत गर्दै सार्वजनिक गरिएको पोष्टरलाई थुप्रै चलचित्रकर्म...
आउँदो शुक्रवारदेखि प्रदर्शनमा आउने फिल्म ‘ह्यारी कि प्यारी’को गीत ‘दम दम’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अभिनेत्री साम्राज्ञी आरएल शाह बोल्ड र रोमान्टिक अवतारमा क्लबमा...
अभिनेता एवं निर्देशक निश्चल बस्नेतले महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालमा बिरामीले ह्विलचियर प्रयोग गर्न पैसा जम्मा गर्नुपर्ने नियमप्रति आलोचना गरेका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अस्प...
अभिनेत्री मलिका महतलाई प्रमुख भूमिकामा लिएर चलचित्र ‘सतीदेवी’को निर्माण हुने भएको छ । लक्ष्मण सुवेदीको लेखन, निर्माण एवं निर्देशनमा निर्माण हुने चलचित्रको छायाँकन आगामी महिनादेखि सुरु हुनेछ ।&...
टिकटकबाट चर्चामा आएकी पवित्रा साँकी अर्थात ‘मिस पबि’ पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त बनेकी छिन् । गतमहिना सार्वजनिक ‘जुम्ला’ बोलको गीतपश्चात म्युजिक भिडियोमा उनको व्य...
गत महिना प्रदर्शनमा आएको चलचित्र ‘डिसेम्बर फल्स’ले बक्स अफिसमा खासै राम्रो व्यापार गर्न सकेन् । आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्रले राम्रो हाइप बनाएपनि चलचित्र हेर्न दर्शक...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...