
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पाल्पा २ मा नेकपा एमालेका ठाकुरप्रसाद गैरेले अग्रता बढाएका छन् । पछिल्लो मत परिणामअनुसार एमालेका गैरेले ४ हजार ३५ मत प्राप्त गरेका छन् ।
उनका निकटम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेले ३ हजार ९३ मत प्राप्त गरेका छन् । उनीहरूबीचको मतान्तर ९४२ छ । मत गणना जारी छ ।
प्रतिनिधिसभातर्फ पाल्पा –१ मा पनि एमालेका उम्मेद्वार नारायणप्रसाद आचार्यले अग्रता लिएका छन् ।