
रूपन्देही क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाणलाई राप्रपाका दीपक बोहोराले पछाडि पारेका छन् ।
हालसम्म ११ हजार ६४० मतगणना हुँदा बोहराले ४ हजार ५७० र खाणले ४ हजार २१९ मत ल्याएका हुन् । यस अघिसम्म खाणले निरन्तर अग्रता लिएका थिए ।
यो क्षेत्रबाट यसअघि घनश्याम भुसालले जितेका थिए । यहाँ खाण सत्ता गठबन्धनका उम्मेदवार हुन् भने बोहरालाई एमाले र जसपाको समर्थन रहेको छ ।