×

NMB BANK
NIC ASIA

एनसेलले शुरु गर्‍यो नयाँ प्रिपेड प्लानहरू

मंसिर ६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि नयाँ प्रिपेड प्लानहरू ल्याएको छ । ग्राहकहरूले आफ्नो दूरसञ्चार सेवाको आवश्यकताअनुसार सरल र सहज रूपमा यी प्लानहरू सुचारु गर्न सक्छन् ।  

Muktinath Bank

नयाँ प्रिपेड प्लानअन्तर्गत तीन वटा स्टार्टर प्याकहरू सजिलो, सहयात्री प्लान र सही यो प्लान अपडेट गरिएका छन् । यी प्याकहरू आइतवार (मंसिर ४) देखि सञ्चालनमा आएका छन् । ग्राहकले सजिलोको करसहित रु.९७, सहयात्री प्लानको रु.९८ र सही यो प्लान रु.९९ मा लिन सक्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्टार्टर प्याकअन्तर्गत सिमकार्ड खरिद गर्दा ग्राहकले स्वतः रूपमा सजिलो प्लान प्राप्त गर्दछन् । यसमा रु १० मेन ब्यालेन्स, ६० एमबी डेटा, ४० मिनेट अन नेट कल र ७ दिनको समयसीमा रहेको २० वटा अन नेट एसएमएस रहेको हुन्छ । त्यस्तै यो प्याक लिने ग्राहकले अन नेट भ्वाइस कलअन्तर्गत करसहित रु १.६२ प्रति मिनेटमा कल, रु १ मा पे एज यू गो डेटा र कुनै पनि नेटवर्कमा एसएमएस करबाहेक रु १ मा पठाउन सक्छन् । 


Advertisment
Nabil box
Kumari

वैदेशिक रोजगारीमा जाने योजनामा रहेका व्यक्ति तथा परिवारका सदस्यहरूका लागि सहयात्री प्लान रहेको छ । यो प्लानअन्तर्गत ग्राहकले रु १० मेन ब्यालेन्स, १०० एमबी डेटा, ७ दिनको समयसीमा रहेको १० वटा अननेट एसएमएस प्राप्त गर्न सक्छन् । यसका साथै सहयात्री प्लान लिने ग्राहकले भारतमा पहिलो ३ मिनेटको कलपछि १० प्रतिशत छुटमा कल गर्ने सुविधा प्राप्त गर्दछन् । 

Vianet communication
Laxmi Bank

सहयात्री प्लानअन्तर्गत ग्राहकले बीप सेवाको पनि फाइदा लिन सक्छन् । यस सेवाअन्तर्गत ग्राहकले आफ्नो मेन ब्यालेन्स शून्य भए पनि आफूले सम्पर्क गर्न खोजेको नम्बरमा मिस्ड कल गर्न सक्छन् । यसका साथै यो सिम लिने ग्राहकले विभिन्न ८ राष्ट्रमा अन्तर्राष्ट्रिय कलमा पहिलो १ मिनेटपछि छुट प्राप्त गर्न सक्छन् । 

त्यस्तैगरी अर्को स्टार्टर प्याक हो युवा वर्गलाई लक्षित सही यो प्लान । यो प्लानअन्तर्गत ग्राहकले इन्स्टाग्राम प्रयोग गर्न ३० दिन समयसीमा रहेको १ जीबी डेटा, १० मिनेट मेन ब्यालेन्स, १०० एमबी डेटा, १० मिनेट अननेट कल र ७ दिनको समयसीमा रहेको १० वटा अन नेट एसएमएस प्राप्त गर्न सक्छन् । 

यसका साथै, यी सबै स्टार्टर प्याकहरूमा पहिलो रिचार्ज अफर पनि रहेको छ । यो योजनाअन्तर्गत सिम कार्ड सुचारु भएको अर्को दिनको मध्यराति सम्म रु २०० र सोभन्दा माथि रिचार्ज गर्ने ग्राहकले रिचार्जमा १० प्रतिशत बोनस प्राप्त गर्न सक्छन् । प्राप्त बोनस पे एज यू गोअन्तर्गत भ्वाइस, डेटा र एसएमएस सेवाको लागि प्रयोग गर्न सकिन्छ । बोनस रकम ३ दिनको लागि मान्य रहन्छ । 

नेपाल घुम्न आउने पर्यटकहरूका लागि पनि एनसेलले रु १००, रु ५०० र रु १००० का तीन प्लानहरू प्रदान गर्दै आएको छ । रु १०० को प्लानमा ग्राहकले २०० एमबी डेटा, १० मिनेट (लोकल कल) प्राप्त गर्छन् । रु ५०० को प्लानमा पर्यटकले रु ५० मेन ब्यालेन्स, ५० मिनेट लोकल कल र ७ दिनको समयसिमा रहेको १० जीबी डेटा प्राप्त गर्न सक्छन् । त्यस्तै रु १००० को प्लानअन्तर्गत नेपाल भ्रमणमा रहेका पर्यटकले रु ५० मेन ब्यालेन्स, १०० मिनेट लोकल कल र २८ दिनको समयसीमा रहेको २५ जीबी डेटाबाट फाइदा लिन सक्छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २५, २०८०

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको शुरूवाती मूल्य योजना समाप्त भएको जनाएको छ । सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको ...

पुस ७, २०८०

इस्पी सम्बत्को नयाँ वर्ष सन् २०२४ को अवसरमा नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा २५ औँ ‘पोखरा स्ट्रिट फेस्टिभल’ हुने भएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान)को आयोजना र एडसाथीको व्यवस्थ...

मंसिर १८, २०८०

अपाङ्गता भएका व्यक्तिहरूको ३२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषले सम्मान गरेको छ । उक्त सम्मान शहरी विकासमन्त्री सीता गुरुङले आइतवार हस्तान्तरण गरेकी हुन् । गत ...

चैत २२, २०८०

३५ वर्ष लामो विरासत बाेकेको भारतको नम्बर १ टायल कम्पनीको रूपमा प्रख्यात कजरिया टायल्सले काठमाडौंमा आफ्नो पहिलो एक्सपेरियन्स उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ ।  बिहीवार आयोजित कार्यक्रममा कजरिया...

मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

चैत २२, २०८०

 गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय माइक्रो बस सञ्चालनमा ल्याएको छ । गुल्मीदेखि बुटवल हुँदै सुनौलीसम्म १० वटा इलेक्ट्रिक भेइकल सञ्चालनमा ल्याएको हो ।   बिहीबार जिल्ला समन्वय समिति गुल्मीक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x