०७ साउन २०८३, बिहीबार

खोटाङमा विशाल भट्टराई ४०९ मतले पछाडि

खोटाङमा विशाल भट्टराई ४०९ मतले पछाडि

खोटाङमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नेकपा एमालेका नेता विशाल भट्टराई ४०९ मतले पछाडि परेका छन् । उनी सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका रामकुमार राईसँग पछाडि परेका हुन् । हालसम्म ६ हजार २९५ मत गणना गरिदा राईले ३ हजार १ र भट्टराईले २ हजार ५९२ मत पाएका छन् । 

जसपाका कृष्णकुमार राईले २०९, राप्रपाका सर्जु श्रेष्ठले ९५, नेमकिपाका भोजराज बस्नेतले १२ मत पाएका छन् । खोटाङमा प्रतिनिधि सभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्