२८ जेठ २०८३, बिहीबार

कैलाली निर्वाचन क्षेत्र ३ मा नागरिक उन्मुक्ति पार्टी विजयी

कैलाली निर्वाचन क्षेत्र ३ मा नागरिक उन्मुक्ति पार्टी विजयी

कैलाली जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगा चौधरी विजयी भएका छन् । उनले २३ हजार एक सय २० मत प्राप्त गरी विजयी भएका हुन् । 

उनका निकटतम् प्रतिद्वन्द्वी वाम–लोकतान्त्रिक गठबन्धन, नेकपा (माओवादी केन्द्र)का कृष्णकुमार चौधरीले १७ हजार ७४९ मत प्राप्त गरेको निर्वाचन अधिकृत लक्ष्मीनारायण दाहालले जानकारी दिए । सो क्षेत्रमा ६३ हजार ७४० मत खसेकामा ५९ हजार ७१९ मत सदर भएको छ । 

प्रतिनिधि सभा सदस्यको अन्तिम परिणाम सार्वजनिक भएपछि प्रदेश सभातर्फको मतगणना शुरु गरिएको दाहालले बताए । जिल्लाका अन्य चार निर्वाचन क्षेत्रमा मतगणना जारी छ । 

salt training

कमेन्ट गर्नुहोस्