
कास्की निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले)ले अग्रता कायम गरेको छ । कास्की क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका मनबहादुर गुरुङ ५ हजार २५६ मत प्राप्त गर्दै अघि छन् भने उनलाई नेपाली कांग्रेसका किशोरदत्त बरालले ४ हजार ४२६ मतसहित पछ्याएका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले ५५६ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर गुरुङले २८१ मत ल्याएका छन् । उक्त क्षेत्रको प्रदेश (२) मा ११ हजार १०५ मत गन्दा २८६ मत बदर भएको छ ।
यस क्षेत्रमा कूल ६८ हजार ६३२ मत खसेकामा ११ हजार २० मतगणना गर्दा ४२० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जारी मतगणनामा प्रदेश सभा सदस्यका लागि नेकपा एमालेका बेदबहादुर गुरुङ ५ हजार ४३० मतसहित अघि छन् भने नेपाली कांग्रेसका दीपक गुरुङले ४ हजार ७१२ मतसहित उनलाई पछ्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका महेन्द्रबहादुर कार्कीले ४२८ मत प्राप्त गरेका छन् भने हाम्रो नेपाली पार्टीका महेश श्रेष्ठले १४३ मत प्राप्त गरेका छन् ।